अध्यक्षमा भण्डारी र घिमिरेको आ-आफ्नै दावी
लन्डन । नेपाल बिधार्थी संघ यूकेमा अध्यक्षको विषयलाई लिएर नेताद्धय अध्यक्ष कुशल घिमिरे र उपाध्यक्ष उमेश भण्डारीले आआफ्नो दावी प्रस्तुत गरेका छन् । केन्द्रिय सदस्य एञ्जिला न्यौपानेले आफूलाई अध्यक्षको पत्र थमाएको घिमिरेले बताए भने अर्का केन्द्रिय सदस्य लीलाबल्लब दाहालले आफुलाई केन्द्रिय कार्यसमितिको निर्णयवमोजिम अध्यक्षको जिम्मेबारी सुम्पिएको उपाध्यक्ष भण्डारीले जिकिर गरेका छन् । घिमिरे र भण्डारी दुबैसँग नेपाल विद्यार्थी संघको लेटरप्याडमा न्यौपाने र दाहालको हस्ताक्षर सहितको पत्र छ । एञ्जिाला न्यौपानेले घिमिरेलाई थमाएको पत्रमा अधिबेशन गरी नेतृत्व हस्तान्तरण गर्न आतुर हुँदाहुँदै केन्द्रीय समितिबाट आवश्यक निर्देशन दिन ढिलाइ भएको कारण अधिबेशन सम्पन्न हुन नसकेको परिस्थितिमा हाल नेतृत्व परिवर्तनको आवश्यकता नरहेकोलाई घिमिरेलाई जिम्मेबारी जिम्मेवारी सुम्पिएको उल्लेख छ । बेलायतमा दुई पक्षीय जनसर्म्पर्क समिति कायम रहेको अवस्थामा नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरुसंगको राय लिई निर्णय गरिएको न्यौपानेको पत्रमा छ ।
त्यस्तै दाहालले भण्डारीलाई थमाएको पत्रमा नेपाल विद्यार्थी संघ बेलायतको ६ फेब्रुअरी २०१४ मा सम्पन्न बृहत भेलाले उपाध्यक्ष उमेश भण्डारीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको उल्लेख छ । साथै बैठकको अग्रज तथा सहभागी विद्यार्थीहरुको सल्लाह, सुझाव र परामर्शबाट संस्थापक अध्यक्ष कुशल घिमिरेलाई महाधिबेशन प्रतिनिधि चयन गरीएको पत्रमा छ । दाहालले भण्डारीलाई थमाएको पत्रमा ९ फेब्रुअरी २०१४ देखि अध्यक्षको जिम्मेवारी सुम्पिइएको उल्लेख छ ।
भण्डारी र घिमिरेले परस्पर विरोधी दुई विज्ञप्ति सार्वजनिक गरी आआफ्नो दावेदारी प्रस्तुत गरेपछि नेपाल विद्यार्थीसँघ बेलायतका शुभचिन्तकहरुले आश्चर्य प्रकट गरेका छन् । भर्खरै मात्र बेलायतमा टुसाउन लागेको संगठनमा केन्द्रिय प्रतिनिधिहरुले बेलायत आउँदा आआफ्ना समर्थकहरुलाई मनोमानी ढंगले नियुक्ति गरेपछि अन्य सदस्यहरुमा अन्यौलता बढेको छ ।
नेपाली जनसम्पर्क समिति बेलायतमा पनि दुई ग्रुप छन । नेपाल विद्यार्थी संघका नेता घिमिरे लोक गुरुङ अध्यक्ष रहेको नेपाली जनसम्पर्क समिति बेलायतको नजिक छन् भने अर्का नेता भण्डारी चेतनाथ खनाल अध्यक्ष रहेको जनसम्पर्क समितिको नजिक छन् । दुवै जनसम्पर्क समितिका प्रतिनिधिहरुले घिमिरे र भण्डारीलाई आफू अनुकुल नचाउन चाहेको केही कांग्रेसीहरुको गुनासो छ । उच्च शिक्षा हासिल गर्न बेलायत आएका बिद्यार्थीहरु यसरी राजनीतिमा नेपाली पाराले रुमल्लिने उनीहरुको भविष्य नै अन्धकार हुनसक्छ । -हिमाल क्षेत्री, लण्डन
प्रतिक्रिया