फान्ब्रो १६ फेब्रुअरी २०१३/ ग्रेटर रुशमूर नेपालि कमिनिटि छैठौ कार्य समितिको चौथो बैठक संस्थाका अध्यक्ष मेजर रिटार्यड टिकेन्द्र दल देवानको अध्यक्षतामा सम्पन्न भएको छ। महसचिव रोहित गुरुङ्द्वारा संचालित उक्त बैठकले बिभिन्न प्रस्ताब उपर छलफल गरी निर्णय समेत लियो।
बैठकको पूर्बार्द्धमा उपाध्यक्ष ओम थापाले उपस्थित सबैलाई श्वागत गरेपश्चात अध्यक्ष मेजर रिटार्यड टिकेन्द्र दल देवानले आजसम्मका उप्लब्धी र भाबी कार्ययोजना बारेमा प्रकाश पार्दै स्थानीय समुदायसँग आपसी तालमेल बढाउन हरेक क्षेत्रबाट दिन सकिने देन सम्बन्धमा बैठकमा प्रस्तुत गर्दा सल्लाहाकार एवम कार्यसमितिका सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए। यसै क्रममा अध्यक्षद्वारा प्रस्तावित संस्थाको तर्फबाट नेपाली मात्र नभै अरु सम्प्रदाय समेतलाई समेटने गरी योग गुरु नगेन्द्र नेम्बाङले आगामी मे महिनामा अन्डरग्राउन्ड मेडिटेसन गर्ने र प्राप्त रकम स्थानीय च्यारिटी संस्थालाई दिने बिषयमा सबैको एउटै राय रहेको थियो भने समयको माग एवम आबश्यकतालाई मध्य नजर गर्दै स्थानीय स्कुलको गभरनर, पुलिस इन्डिपेन्डेन्ट ग्रुपमा सहभागिताको लागि कोही इच्छुक भएमा अध्यक्ष मेजर रिटार्यड टिकेन्द्र दल देवानले सहयोग गर्ने बिषयमा सबै सकारात्मक रहेका थिए।
बैठकको मुख्य प्रस्ताव नेपाली नयाँबर्ष मनाउने सम्बन्धमा छलफल गरि आगामी ११ अप्रिल २०१४ मा अल्डरशट प्रिन्सेस हलमा बिभिन्न कार्यक्रमकासाथ मनाउने निर्णय गर्दै संस्थाका उपाध्यक्ष ओम थापा संयोजक, सचिव नेम थापा सह-संयोजक र सास्क्रितिक सचिव छबिमाया पुन सदस्य रहने गरी उपसमिती गठन गर्यो।
बैठकमा संस्थालाई सबल, सक्षम एवम समयानुकुल बनाई जनमुखी उत्तरदायित्व निर्वाह गर्न सक्ने बनाउन के गर्न सकिन्छ भन्ने बिषयमा सबैजसो सल्लाहाकार एवम कार्यसमितिका सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए भने संस्थालाई गति दिनको लागि गठन गरिने उपसमितिलाई थप उर्जा प्रदानार्थ साल्लाहाकार समितिमा आबद्ध व्यक्तित्वहरूको बिषय सम्बद्ध दक्षता बमोजीम उपसमितिसँग नजिक रही कार्य गर्न निर्देशित हुने प्रमुख सल्लाहाकार मेजर रिटार्यड डमर घलेको प्रस्ताबलाई स्वतस्स्फुर्त्त रुपमा बैठकले पारित गर्यो।
बैठकमा कोशाध्यक्ष राम धन राईले आर्थिक बिवरण प्रस्तुत गरेका थिए भने साँस्क्रितिक सचिव छबिमाया पुन र नाच प्रशिक्षक लक्षमण रानाले नया बर्षको लागि तयार गरिँदै गरेको नानीहरूको नाच र सन्ख्यात्मक सहभागिता बिषयमा प्रकाश पारेका थिए।
अत्यन्तै सफल उक्त बैठकमा सबै जसो सल्लाकार र कार्य समितिका सदस्यहरूको सहभागिता रहेको थियो।
-जिब बेल्बासे
प्रतिक्रिया