लण्डनमा चोरी र त्यसबाट बच्ने उपाय

लण्डनमा चोरी र त्यसबाट बच्ने उपाय


ornamentsलण्डन ।’हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएकै बेस आनन्दी मनले’ वास्तवमै भन्ने हो भने धन सम्पति मानवीय जीवन को लागि नभै नहुने वस्तुको रुपमा सावित भैसकेको छ भने सोही धन सम्पतिको कारणले नै कतिपयको ज्यानसमेत जोख्खिममा परेका खबरहरु बेलाबखत सुन्नमा आइराखेका छन् । त्यस्तै गरी बेलायतबासी नेपालीहरुको प्रसँगलाई मध्यनजर गर्ने हो भने हामीले प्रयोग गर्ने गरगहनाहरु हिजोआज चोरीको प्रमुख माध्यमको रुपमा देखा परेको छ । बिशेष गरी नेपालीहरुको घरमा हुने चोरीअन्तर्गत मुख्यतय सुन तथा सुनका गहनाहरु नै पर्दछन् । अहिलेको प्रतिस्पर्धात्मक समाजिक कृयाकलापले गर्दा जो कोहीलाई पनि एक अर्काभन्दा कम नहुने भावना जाग्नु स्वभाविक नै हो, त्यसमा पनि विशेषगरी महिलाहरुको हकमा त झन् नकार्नै सकिन्न । तर, तपाईहरुले यी प्रतिस्पर्धाबाट प्राप्त गर्ने क्षणिक आत्मसन्तुस्टी, कुनै दिन जीवन भरिको पीडामा परिणत नहोला भनेर ज्ञारेन्टी गर्ने आधार रहेको छैन । यस प्रकारका घट्नाहरु बेलायतबासी नेपालीहरु बीचमा बारम्बार दोहोरिरहेका छन् ।
यदि तपाईंहरु आर्थिक रुपमा सम्पन्न हुनुहुन्छ भने आफ्नै घरमा पनि सुरक्षाका प्रबिधिहरु अपनाएर, सुरक्षित गर्न सक्नुहुनेछ तर तपाइंको जीवनको सुरक्षामा भने खतरा अवस्य हुन सक्नेछ । तसर्थ तपाइहरुसँग प्रशस्त गरगहनाहरु छन् र नभई हुन्न भन्ने लागेमा बैंकको लकरमा लगेर राख्न सक्नुहुनेछ जसको लागि केही निश्चित रकम बैंकको नियमअनुसार तिर्नुपर्ने हुन्छ जुन रकम बार्षिक रुपमा र कतिपय बैंकहरुमा प्रत्यकपटक प्रयोग गरेबापत पनि रकम तिर्नुपर्ने हुन्छ । यो तरिका सुरक्षाको दृष्टिकोणले लाभदायक भय पनि आफूलाइ चाहिएको बखतमा निकाल्न भने स्वयम् बैंकमा जानुपर्ने हुँदा अलिक झन्झटिलो हुन जान्छ । यदि तपाइहरु यसरी राख्न सक्नुहुन्न र घरैमा राखेर बस्नु भयो भने तपाइँलाइ दैनिक रुपमा मानसिक तनावका अतिरिक्त कुनै दिन यस्तो प्रकारको दुर्घटनाको समाना पनि गर्नु नपर्ला भन्न सकिन्न, साथै तपाइँहरुसंग भएका गहनाहरुको साइजलगायत फोटो खिचेर राख्नु भयो भने दुर्घटनाको क्रममा प्रहरीलाई पत्ता लगाउन सहयोग मिल्नेछ ।साथै तपाइहरुले अन्य मुलुकबाट पनि गरगहनाहरु ल्याउनुहुन्छ भने सावधान रहनुहोस बेलायको एअरपोर्टमा समातेर भन्सार शुल्क तिराउन सक्नेछ र तपाइको गहन सोचेभन्दा महँगो पर्न जनेछ जुन घटना तपाई हामीमा कुनै नौलो भने होइन ।
तसर्थ यस्ता बिबिध समस्याबाट बच्नको लागि बेलैमा सोच्न सकेमा आर्थिक अनि मानसिक दुवै किसिमको पीडाबाट मुक्त हुन सकिनेछ ।अतस् सम्भव भए तपाइहरुसग भएका गरगहनाहरुलाई बैंकमा लागि सुरक्षित गर्नुहोस् नत्र बिक्रि गरेर उक्त रकमलाई अन्य ठाउमा लगानी गर्नुहोस् जसबाट तपाइको रकम सुरक्षित रहोस् ।यदि तपाइँ गहनाको अत्यन्त सौखिन हुनुहुन्छ भने आजकाल बजारमा नक्कली गरगहनाहरु पनि सक्कली भन्दा कम छैनन्, त्यस्को प्रयोग गरेर पनि आफ्नो सौख पूरा गर्न सक्नुहुनेछ ।
तसर्थ प्रतिस्पर्धात्मक र प्रतिशोधात्मक भावनाबाट टाढा रही स्वच्छ र ब्यबहारिक जीवनको मार्गमा लाग्नु नै आजको युगको माग भएको हुदा सोही अनुरुप गर्नु गराउनु हाम्रो दायित्व अनि कर्तव्य हुन जान्छ । त्यसैले रोग लाग्न दिनुभन्दा शुरुमै रोगबाट बच्ने उपायको खोजि गर्नु नै बुद्दिमान हुन जान्छ । भिडियोको लागि तल हेर्नुहोला,
[youtube]http://youtu.be/cIBJ6sVoG2c[/youtube]