सोमबार शुरु भएको संसदको बजेट अधिवेशनको बैठकमै सत्ता साझेदार दल संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
फोरम नेपालका नेता तथा सांसद राजेन्द्र श्रेष्ठले संसदको बैठकमा सो चेतावनी दिएका हुन् । सो अवसरमा श्रेष्ठले संघीय समाजवादी फोरम संविधान संशोधनको माग पूरा नभए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।
उनले फोरम सरकारमा सहभागी हुने बेलामा संविधान संशोधन गर्ने भन्ने एउटा सहमति भएकोमा एक वर्षसम्म पनि संविधान संशोधनको कुनै तयारीसमेत नगरेको बताए ।
समाजवादी फोरम नेपाल संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने सर्तसहित सरकारमा सहभागी भएको उनकोे भनाइ छ । तर, यस विषयमा सरकारले सरकारले कुनै चासो नदिएको भन्दै अब पनि संविधान संशोधनको प्रक्रिया अगाडि नबढाइए आफ्नो पार्टी सरकारबाट बाहिरिने उनको भनाइ छ ।
प्रतिक्रिया