लण्डन – बेलायतमा पोहोरको भन्दा यसवर्ष बच्चाहरुको यौन शोषण दुई गुणा बृद्धि भएको जानकारी प्राप्त भएको छ । बेलायतमा जन्मेका कम उमेरका बालबालिकाहरुलाई लक्षित गरि यौन शोषण गरिने यो कुकृत्यलाई एउटा सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले दर्शाएको छ । नेशनल क्राईम एजेन्सीको ट्रफिकिङ डेटा अनुसार पोहोरको हिसाबमा १८ वर्षभन्दा मुनिका बालिकाहरुलाई यौन शोषण गरेको तथ्य १५५ प्रत्तिशतले बृद्धि भएको कुरा प्राप्त भएको छ । यौन शोषणको सन्दर्भमा विश्वका ११२ वटा राष्ट्र मध्ये भियतनामपछि आउने बेलायत दोस्रो राष्ट्रको रुपमा देखा परेको छ । कम उमेरका बेलायतमा जन्मिने बालिकाहरु बढि शिकार भएको आँक्डाले देखाएको छ । बेलायतको नेशनल क्राईम एजेन्सी (एनसीआई)ले गतवर्ष ५६ जनामध्ये विशेषगरि यौन शोषण भएकाहरु ५० जना बालिकाहरु भेट्टाएको थियो । बालबालिका यौन शोषण मुक्त गर्ने संस्था तथा यस अभियानमा लागेकी, ईसीपीएटी, यूकेका क्लोई सेटरका अनुसार शोषित भएका मध्ये दुई तिहाई प्रकाशमै आउँदैनन् त्यसकारण यहाँकोलागि यस विषयमा स्थिति भयवाह देखिन्छ भनेकी छन् । क्लोइले, “हामीमा यस्ता जिउमास्ने, यौन शोषणको धन्दालाई यस राष्ट्रमा नपत्याउने एउटा संस्कार बनाएका छौ जबकि हामी यस विषमा जागृत हुन आवश्यक ठान्दछु म र सरकारले अब लागु गर्न आँटेको मोडर्न स्लेभरी बिल (आधुनिक दास सम्बन्धि कानून)मा यस्ता विषयमा शिकार भएकाहरुको सुरक्षार्थ कानूनमा सम्बोधन हुनुपर्छ” भनेकी छिन् । ११२ राष्ट्रहरुबाट सन् २०१३ सालमा १,७४६जनालाई यौनदास तथा दासी बनाईएको तथ्य प्रकाशमा ल्याएको थियो । त्यसमध्ये धेरै जना बच्चाहरु पनि रहेका थिए ।
प्रतिक्रिया