लण्डन म्याराथुनको तयारीमा निरन्जन

लण्डन म्याराथुनको तयारीमा निरन्जन


Athletes start the men’s elite event in the London marathon.लण्डन । ‘जब मैले अफिसको तर्फबाट सर्कुलेट गरिएको एउटा यस्तो इमेल पाएँ, जसमा ‘लण्डन म्याराथुन–२०१४’ मा Right to Play च्यारिटिमा दौडनको लागि एक स्थान सुरक्षित राख्न सकिने मौका थियो, मैले तुरुन्तै आफू सोको लागि इच्छुक भएको दशाई जवाफ पठाइहालेँ । दुई हजार पाउण्ड रकम ‘राइट टु प्ले’ च्यारिटिको लागि उठाउने शर्तमा मैले लण्डन म्याराथुन जस्तो प्रसिद्ध इभेन्टमा सहभागी हुने मौका हासिल गरेकोमा म निक्कै हौसिएको छु ।’ लण्डनस्थित आईटी कम्पनी पोलीकममा सिनियर नेटवर्क सिक्योरिटि इन्जिनीयर पदमा कार्यरत निरन्जन कुँवर आफ्नो कम्पनीले ‘राइट टु प्ले’ नामको च्यारिटि संस्थाको लागि गर्दै आएको च्यारिटेबल सहयोगमा आफ्नो तर्फबाट यसै वर्ष १३ अप्रिलमा हुने ३४औं लण्डन म्याराथुनमा सहभागी हुन पाउँदाको खुशी व्यक्त गर्दै भन्दछन् ।

1२९ मार्च, १९८१ म पहिलोपटक आयोजना गरिएको यस लण्डन म्याराथुनको हरेक वर्ष नियमित रुपमा आयोजित हुँदै आएकोछ । गत २०१२ मा भएको यस म्याराथुनमा दौड पूरा गर्नेको संख्या ३६,७४८ पुगी विश्वकै यस्तो प्रकारको दौडमा सबैभन्दा ठूलो मानिएर एक रेकर्ड नै कायम गरेको थियो । सयौं संघसंस्था तथा कम्पनीहरुले प्रायोजित गर्ने यो इभेन्टमा भाग लिनको लागि पनि निरन्जन कुँवरले जसरी रकम संकलन गर्ने कबोल गर्नूपर्दछ भने कम्पनी तथा संस्थाले पनि अग्रिम रुपमा समस्टीगत रुकमको कबोल गर्ने तथा भुक्तानी गर्नुपर्दछ । ४२.१९५ किलोमीटर अर्थात् २६ माइल २८५ गज बराबरको लण्डन म्याराथुनले खासगरी थेम्स नदीको वरपर भई सहभागीहरुलाई दौडाउने गर्दछ ।

rtpत्यस्तै Right to Play एक अन्तर्राष्ट्रिय च्यारिटेबल संस्था हो, जसले युद्धग्रस्त, भोकग्रस्त, अभाव तथा तनावले ग्रस्त देशहरुका बालबालिकाहरुलाई खेलहरुको माध्यमले तिनको स्वास्थ्य, वौद्धिकता, क्षमता तथा तिनका दत्तचित्तमा विकास ल्याउने कार्यक्रमहरुको सञ्चालन विश्वका यस्तै अवस्थाका अहिलेसम्म २०वटा देशहरुमा सञ्चालन गर्दै आएको छ । स्थानीय नेताहरुलाई खेलकूद प्रशिक्षकको रुपमा सक्षम बनाई ती देशहरुमा आफ्ना कार्यक्रमहरुको सञ्चालन गर्ने कामलाई टोरोन्टोमा मुख्यालय बनाएर ‘राइट टु प्ले’ अगाडि बढिरहेको छ, जसको क्यानाडा, अमेरिका, यूके, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड र नर्वेमा राष्ट्रिय शाखाहरु रहेका छन् ।

marathon-trainingपोखरा निवासी निरन्जन कुँवरले नेपाल, रसिया र हङकङमा आईटीसम्वन्धी अध्ययन गरी यसैसम्वन्धी काम हङकङमा केही वर्ष गरेपछि पूरा परिवारसहित यूके स्थायी बसाइ सरेका थिए । आफ्नो १३ वर्षीय छोरोसँग म्याराथुन दौडको लागि हप्ताको चार दिन, यस लण्डन म्याराथुनकै लागि भनी ट्रेनिङ लिँदैछन् ।

२००० पाउण्ड रकमको संकलन गर्ने कबोल गरेका निरन्जनले फण्ड रेजिङ गर्नको लागि एक वेब साइट पनि बनाएका छन् जसबाट निक्कै सजिलोसँग चन्दा दिन सकिने छ । आफ्नो जीवनकै ठूलो मध्येको एक सपना रहेको निरन्जन कुँवरलाई उनको च्यारिटेबल सहभागितालाई सफल बनाउनका लागि मद्दत्त गर्नको लागि यहाँ क्लिक गरी आफ्नो मनले चाहेको चन्दा दिन सकिने छ ।
niranjan