लण्डन – मुसलमान महिलाहरुलाई सानै उमेरमा अर्थात वयस्क हुनु अघि नै महिला गोप्यअंगको माथिल्लो बाहिरी भाग काटेर फाल्ने प्रचलन रहेको छ । कतिपय बालिकाहरुको ज्यान यस प्रक्रियामा जोखिममा पर्ने गर्छन् । बेलायतमा यस अभ्यासलाई गैर कानूनी अभ्यास मानिनुका साथै जनेन्द्रिय छेदन् गर्ने प्रक्रियामाथि रोक लगाईएको छ । फेरिपनि मुसलमान समुदायका कतिपय अभिभावकहरुद्वारा बेलायतबाट विदेश लगेर भएपनि महिला जनेन्द्रिय छेदन् गर्ने गरेका प्रमाणहरु भेट्टाईएका छन् । टाउकोमा तानीबानको गोली प्रहार पश्चात बचेकी पाकिस्तानी स्कुली छात्रा मलाला युसुफजाई अहिले महिलामािथको शोषणजन्य संस्कारलाई जरैबाट उखालेर फाल्ने अभियानमा जुटेकी छिन् । विश्व महिला हक अधिकारका लागि अघि बढिरहेकी १६ वर्षीय छात्रा फेमेल जेनिटल म्यूटिलेशन (एफजीएम) अर्थात महिला जनेन्द्रिय छेदन् रोक लगाउने अभियानमा जुटेका बेलायती नागरिकहरुसंग बर्मिङ्हाममा, जहाँ उनी आफ्नो परिवारसंग बस्दै आएकी छिन्, अब भेट गर्ने भएकी छिन् । एक जना जनेन्द्रिय छेदन् प्रक्रियाबाट बचेकी महिला, निमको अलीले, “हामीले अन्तर्राष्ट्रिय स्तरमा परिचित मलाला जस्तो ठुलो हस्तीलाई यस अभियानमा सरिक भएको पाउँदा ठुलो कुरा मानेका छौ, चाहे यो महिलाको शिक्षाको हक अधिकारको कुरा होस वा महिला जनेन्द्रिय छेदन्, यी सबै महिलाहरुका हकअधिकारको कुरा हुन आउँछ” भनेकी छिन् । निमको अलील द टाईम्ससंग बताउनेक्रममा मलालाले ब्रिस्टोलमा केहि समय अघि शिक्षा मन्त्रि माईकल गोभलाई भेटेर शिक्षकहरुलाई एफजीएम सम्बन्धि अवगत गराउने शिक्षा स्कुलहरुमा प्रदान गरिनु पर्ने राखेकी कुरा भनेकी थिईन् । एफजीएम प्रक्रिया गरे पश्चात बचेका महिलाहरुसंगै बसेर अर्को महिना साउथ ब्याङकमा सम्पन्न हुने वूमेन अफ द वाल्र्ड फेस्टिभलको दौरान उनले मञ्चबाट दर्शकदिर्घलाई सम्बोधन गर्ने कुरा बताएका छन् । बालिकाहरुलाई स्कुल जानुपर्छ भन्ने प्रेरणा दिँदै आफू स्कुल गएर फर्किरहेको बेलामा पाकिस्तानको स्वात भ्यालीमा तालीबानहरुले तीन पटक उनको टाउकोमा गोली हान्दा उनी केवल पन्द्रह वर्षकी थिईन् ।
प्रतिक्रिया