स्कटल्यान्ड, यूके। स्कटल्यान्ड एबर्डिन हालै अन्तर्राष्ट्रिय कविता गोष्ठी सम्पन्न भएको छ। बेलायतमा सक्रिय रहेका अन्तर्राष्ट्रिय नेपाली बाङ्ग्मय (अनेवा), सोमनाथ शर्मा मेमोरिय ट्रष्ट र अर्गनाईजेसन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसिडब्लु) को संयुक्त प्रयासमा सो कार्यक्रम संचालन गरिएको थियो। नेपाल, बेलायत लगायत इजरेयलबाट करिब डेढ दर्जन कवि स्रष्ठाहरुले फोनका माध्यम द्वारा आफ्ना कविता वाचन गरेका थिए। सो कार्यक्रमलाई ओएनसिडब्लुको अनलाइन रेडियोमा लाइभ प्रसारण गरिएको थियो।
कार्यक्रममा नेपालबाट राप्ति साहित्य परिषद दाङको समेत सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको आरम्भमा अनेवा बेलायतका अध्यक्ष विकल चन्द्र आचार्यले सूचना प्रणालीको परिवर्तित परिप्रेक्षमा यस्ता प्रकारका अनलाइन कार्यक्रमले नेपाली भाषा साहित्यको प्रवर्द्दन र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। नेपालबाट नर्मदेश्वरी सत्याल र राप्ति साहित्य परिषदका तर्फबाट डा नित्य खनाल, डा ढुन्डीराज पौडेल, नित्यानन्द शर्मा एवम टिकाराम उदाशीले कविता वाचन गरेका थिए। त्यसै गरि स्कटल्यान्डबाट मुकुल दाहाल, नवीन क्षेत्री, दुस्यन्त भट्टराई, सोमा घिमिरे, गोपी सापकोटा र विकल ढुंगेल सहभागी थिए भने इजरेयलबाट लक्ष्मी अनुरागीले कविता वाचन गरेकी थिईन। इंग्ल्याण्डबाट सहभगी हुनेमा खगेन्द्र पाठक, मन्जु भण्डारी खरेल, सवी श्रेष्ठ, रामहरी पौडेल, देबेन्द्र खेरेश, गोपीकृष्ण प्रसाईं र किरण लिम्बु थिए।
कार्यक्रमको प्रचार प्रसार र सहभागिताका लागि अनेवा बेलायतकी जया राईले सहयोग गरेकी थिईन। स्कटल्यान्डको एवर्डीनवाट दीपेश रेग्मी, सोहन घिमिरे, प्रकाश अर्याल र सन्तोष गैरेले सो कार्यक्रम संचालन गरेका थिए।
-दीपेश रेग्मी
प्रतिक्रिया