लण्डन । हिजो साँझ दूताबासमा राजदूत डा. सुरेशचन्द्र चालिसेले एक कार्यक्रमको आयोजना गरी आफ्नो चारवर्षे कार्यकालमा गरिएका कार्यमूलक गतिविधिहरुको विवरणात्मक अवगत गराएका थिए जसमा स्थानीय नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलगायत पत्रकारहरुको सहभागिता रहेको थियो । लगभग पाँच दर्जन सहभागीहरु रहेको सो कार्यक्रमलाई राजदूतावास सेक्रेटरी प्रतीक्षा गुरुङले सञ्चालन गरेकी थिईन् । उक्त भेलालाई स्वागत, डेपुटी चिफ अफ मिशन तेज बहादुर क्षेत्रीले गरेपछि स्लाइड सोको प्रदर्शन गर्दै आफ्नो चार वर्षे कार्यकालमा गरिएका अनि भएका कार्यमूलक स्थितिहरुको व्याख्यात्मक विवरण राजदूतले भेलालाई सम्वोन्धित गर्दै दिएका थिए ।
नेपाल र बेलायतको सम्वन्ध २०० वर्ष लामो भएको र बेलायत नै नेपालको लागि सबैभन्दा ठूलो दात्रृ राष्ट्र भएको खुलासा गर्दै उक्त २०० वर्षको अवधिमा बेलायतबाट एकजना पनि प्रधानमन्त्रीको नेपालमा औपचारिक भ्रमण नभएको स्थितिलाई अवगत गर्दै आफूले बेलायतका वर्तमान प्रधानमन्त्री डेबिट क्यामरुनलाई नेपालको भ्रमण गर्नको लागि इच्छुक बनाएको हिजो साँझको सो कार्यक्रममा राजदूत चालिसेले खोलेका थिए । साधारणतया एक सामाजिक संस्थाको सामानान्तर रुपमा सो समाजको अध्यक्षले वार्षिक प्रतिवेदन पेश गरेको जस्तो गरी नेपाल सरकारको विदेशस्थित उच्च निकायको प्रमुखले स्थानीय नेपाली समुदायका प्रतिनिधिहरुउपर वार्षिक गतिविधिहरुबारे चर्चा राजदूतबाट गरिएको निक्कै नै चाखपूर्ण रहेको थियो र सोही कार्यलाई पुष्टि गर्ने क्रममा राजदूतले ….नेपाल सरकार अनि नेपाल राष्ट्र निक्कै नै बदलिँदो तथा नयाँ आकार लिई परिष्कृत हुने आयाममा भएको र त्यसमा आम जनाताहरुको स्थान अति नै महत्वपूर्ण भएकोले आफ्नो निकायले आफ्नो कार्यकालमा गरेका गतिविधिहरुलाई बेलायतस्थित आम नेपालीहरुमाझ प्रकाश पार्नु सान्दर्भिक लागेको बताएका थिए । सहभागीहरु बस्ने हरेक कुर्चीमा राखिएको कागजमा डा. चालिसेको कार्यकालमा दूतावासले आफ्नो सेवाहरुबाट नेपाल सरकारको लागि वार्षिक रुपमा ३,५२,६४०पाउण्ड, ३,६७,३५५पाउण्ड, ३,७८,८८५पाउण्ड र ५,८४,७७५पाउण्ड गरी १,६८३,६५५पाउण्डको राजश्व संकलन गरेको जनाइएको थियो ।
यूकेका चार राज्यहरुमा बिस्तारै नेपालीहरुको संख्या फैलिँदै गएको आफ्नो चार वर्षे कार्यकालमा नेपाल राष्ट्रको प्रतिनिधित्व गर्दै बेलायतका विभिन्न शहरहरुमा नेपालको पर्यटन विकासको लागि, व्यैपारिक सम्भावनाको लागिलगायत अन्य सम्वन्धहरुको स्थापनाको लागि गरिएका प्रयासहरुमा स्थानीय समाजबाट नेपालीहरुको भएको सहभागितालार्य ध्यानमा दिँदै अवैतनिक वाणिज्यदूतहरु राख्ने सन्दर्भमा कामहरु शुरु गरिएको डा. चालिसेले सोही ब्रिफिङ्गमा खुलाएका थिए । उनको अनुसार, नर्दन आयरल्याण्डमा एक अवैतनिक नेपाली वाणिज्यदूतको कुशल सहयोग दूतावासले पाइसकेको छ ।
बेलायत र नेपालबीच रहेको २०० वर्षे दौत्य सम्वन्धमा गुर्खाहरुको महत्व अत्यन्तै उच्च रहेको र सोको लागि बेलायतस्थित नेपाली राजदूतावासले गुर्खा हकहित तथा चासोका विषयहरुमा आफ्नो संलग्नता सदैव रहेको छ भन्ने किसिमले गुर्खा अभियानहरुमा साथ रहेका उदाहरणहरु पनि सोही सन्दर्भमा डा. चालिसेले बताएका थिए ।
कार्यक्रमको अन्त्यमा साहारा यूकेबाट ज्ञान गुरुङ्ग, नवीन गुरुङ्ग, फोक्स्टोन नेपलिज कम्युनिटिबाट क्या. राम बहादुर पुन र ठकुरी समाज यूकेबाट विष्णु बहादुर सिंहले आआफ्ना उपहारहरु राजदूत दम्पतीलाई दिएपछि सहभागीहरु जलपान र गफगाफमा व्यस्त रहेका थिए । राजदूत यही आउँदो मार्च महिनाको दोस्रो दिन यहाँबाट सदाकै लागि नेपाल फर्किँदैछन् भने अर्को राजदूत बेलायतमा नआउन्जेलसम्म डेपुटी चिफ अफ मिशन तेज बहादुर क्षेत्रीले दूतावासको कार्यसञ्चालन गर्ने छन् ।
साँझको ६ बजे शुरु भएको सो कार्यक्रम रातको साढे ८ बजे समाप्त भएको थियो ।
Click here to view rest of the photos in the album-Pictures by Narendra Basnet
प्रतिक्रिया