लण्डन – लण्डनको ११८ किलोमिटर लामो क्राँस रेलमार्ग सन् २००९ सालदेखि निर्माण कार्य थालिएको थियो । यो युरोपकै सबैभन्दा ठुलो रेलवे मार्ग निर्माणको प्रोजेक्ट मानिन्छ । हाल यो लण्डनको मध्यभागदेखि टनल खनेर निर्माण भईरहेको छ । पन्द्रह बिलियन पाउण्ड बराबरको खर्चान बन्ने यस निर्माणकार्यमा प्रथम पटक आज एक जना निर्माणकर्मी मृत्यु भएको समाचार प्रकाशमा आएको छ । वरुण विभागका कर्मचारीहरुले ४३ वर्षीय निर्माण कर्मचारीलाई उद्वार गरेर बचाउने प्रयास गरेका थिए तर घट्नास्थलमा नै उनको मृत्यु भएको पुष्टि गरेका छन् । हलबोर्न स्थित ३२ फिट तल टनलभित्र मृतकको टाउकोमा गम्भीर चोट लागेको थियो । प्रहरी तथा स्वास्थ्य विभागलाई तत्काल खबर गरिएको थियो भन्दै क्राँसरेल मार्ग निर्माण कम्पनीका एक जना प्रवक्ताले बिहान पाँच बजे कम्पनीको कामगर्ने साईट फिशर स्ट्रिटमा यो दुर्घट्ना घटेको कुरा बताएका थिए । उनले यस दुर्घट्नाबारे छानबिन भईरहेको कुरा पनि बताएका छन् । यो रेलमार्ग पश्चिममा मैडेनहेड र हिथ्रो हँुदै लण्डको मध्यभाग भएर पुर्वमा आबीवूड तथा शेनफिल्डसम्मको हुनेछ । सन् २०१८ सालसम्म सम्पन्न गरिने रेलमार्गले दक्षिणपूर्व लण्डनमा बसोबास गर्दै आएका स्थानीयवासीहरुलाई धेरै सुविधा हुनेछ । आबिवूडबाट हिथ्रो २०, २५ मिनटमा नै यात्रा तय गर्न सकिनेछ । यो क्रासरेललाई लण्डन रेलको नामाकरणबाट सञ्चालन गरिनेछ । यस रेलमार्गको पाँचवटा टनल सेक्शनहरु छन् । टनलको वृत्त ६.२ मिटर अर्थात बीसफिट बराबरको छ । अहिले निर्माण भईसकेका टनलहरुभन्दा झण्डै दुईगुणा ठुलो छ । सन् २००८ सालको जुलाई महिनामा पारित भएको क्रास रेल एक्ट अन्तरगत निर्माण कार्य सन् २००९मा थालिएको हो ।
प्रतिक्रिया