लन्डन । बन्द सत्रमा विभिन्न साधाराण् सदस्यहरु तथा पत्रकारहरुले आआफ्ना जिज्ञाशाहरु राखेका थिए । मिडियाहरुमा वर्गीकृत तहहरु राखिएका लाग्ने गरी मिडियाका रुपहरु छुट्याइएकोमा कसैले रोष प्रकट गरेका थिए भने कसैले कस्तो प्रकारको मिडियालाई अनलाइन मिडियामा राख्ने र अनलाइन मिडियामा गनिनका लागि कुनै वेबसाइट खोलेकै भर हुन्छ या प्रेस काउन्सिलमा बकाइदा दर्ता गर्नै पर्ने हुन्छ भन्ने जिज्ञाशा पनि राखिएका थिए जसलाई निवर्तमान बरिष्ठ उपाध्यक्ष चिरण शर्माले प्रेस काउन्सिलमा गरिने दर्ताको सन्दर्भ, पत्रकार महासँघको आफ्नो नीति नियमको प्रसंग ल्याउँदै सोही आधारमा व्याख्या गरेका थिए भने कसैले बेलायतको कानूनअनुसार बेलायती नागरिकता लिइसकेका कुनै पत्रपत्रिकामा लेख्दै गरेकाहरु किन नेपाल पत्रकार महासँघ नामक संस्थामा आवद्ध भए या गरिए ? जवाफमा बेलायती नागरिकता लिए तापनि भावानात्मक रुपमा यहाँका नेपालीहरु नेपाली नै भएको र तिनले नेपाल तथा नेपाली परिवेशको लागि नै पत्रकारिता गर्ने भएकाले तिनलाई नेपाल पत्रकार महासँघमा आवद्ध गरिएको बताइएको थियो ।
कार्यक्रमको अर्को चरणमा अधिकांश वक्ताहरुले पत्रकार महासँघको यूके च्याप्टरमा सबै पदहरु नितान्त सर्वसम्मतीबाट छानिएकोमा संस्थालाई प्रसंशा गरेका थिए । तर पनि भित्रभित्र सदस्यहरुमा अझै पनि असहमति स्पष्ट रुपमा देखिएको थियो । केही वक्ताहरुले पत्रकारहरुलाई सान्दर्भिक तथा जिम्मेदार हुन आग्रह गर्नुका साथै व्यापारिक संघसंस्थाहरु तथा व्यक्ति विशेषहरुलाई स्थानीय तहमा नेपाली मिडियालाई विज्ञापनहरु दिएर सहयोग गर्नको लागि पनि सोही लाइनमै आग्रह गरिएको थियो । समाजमा व्याप्त घटनाहरुमा निपष्क्ष रुपमा पत्रकारिता गर्ने र आफ्नो धर्मको सोही मान्यतामा पालन गर्ने प्रकारको अन्तिम मन्तव्य दिएर नयाँ कार्यकारी समितिका नयाँ अध्यक्ष चिरण शर्माले कार्यक्रमलाई विसर्जन गराएका थिए । नेपाल पत्रकार महासँघको यूके च्याप्टरको अधिवेशनमा नेपाली राष्ट्रिय गीत बजाइएको थिएन, उक्त अवस्था र माथि बन्द सत्रकै समयमा यहाँका नेपालीहरु भावानात्मक रुपमा नेपाली भएको भनिनुको अवस्था विपरीत भएकोमा केही पक्ष अहसज देखिएका थिए ।
आज भएको पत्रकार महासँघ यूकेको दोस्रो अधिवेशनमा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्ति विशेषलाई सम्मान गरिएको थियो भने आईसीसी अध्यक्ष शेष घलेबाट नवनिर्वाचित सबैलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
नेपाल पत्रकार महासंघ, बेलायत शाखाको दोश्रो अधिवेशन नेपाल पत्रकार महासंघ केन्द्रीय प्रतिनिधि बीबीसी नेपाली सेवा आवद्ध वरिष्ठ पत्रकार भगिरथ योगीको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको छ । अधिवेशनको खुला सत्रलाई बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए आइसीसी अध्यक्ष शेष घलेलगायत बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।
लन्डनस्थित भेन्यू फाइभ रेष्टुरेन्ट सभाहलमा शाखाका अध्यक्ष नवीन पोखरेलको सभापतित्वमा सम्पन्न बन्द सत्रले महासचिव नरेश खपाङ्गीमगरको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष लिलामान शेरपुञ्जाको आर्थिक प्रतिवेदन र विधान संशोधन सर्वसम्मत पारित गरेको छ । संशोधित विधानअनुसार, १३ सदस्यीय कार्यसमिति अब १५ सदस्यीय हुनेछ । थपिएका पदमा सह कोषाध्यक्ष र एक सदस्य छन् । सांगठनिक प्रतिवेदनमा बेलायतमा नेपाली पत्रकारिताको अवस्था, चुनौति र नेपाली समुदायको अपेक्षा आदिबारे गहन विश्लेषण छ ।
उपाध्यक्ष दिनेश परियारले सञ्चालन गरेको बन्द सत्रमा प्रमुख अतिथि योगीले बेलायतमा क्रियाशील नेपाली पत्रकारहरुको संख्या वृद्धिलाई उत्साहजनक बताउंदै सबैलाई जिम्मेवार पत्रकारिता गर्न सुझाए । कार्यक्रमका सभापति पोखरेलले आफ्नो दुई वर्षे कार्यकाल सफल बनाउन सघाउने सबैप्रति आभार व्यक्त गरेका थिए ।
दोश्रो अधिवेशनले पत्रकार चिरन शर्माको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शर्मा यसअघि शाखामा वरिष्ठ उपाध्यक्ष थिए । नयां कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नरेश खपाङ्गीमगर, उपाध्यक्ष धर्मराज अधिकारी, महासचिव श्याम लुईंटेल, सचिव लिलामान शेरपुञ्जा र कोषाध्यक्षमा देवी गौतम निर्वाचित भएका छन् । सदस्यमा राजकुमार थापा क्षितिज, नृपेश उप्रेती, ध्रुव अर्याल, शिव तिवारी, छत्र वनेम, किरण टी. लिम्बू र शिव भण्डारी चुनिए ।
नयां कार्यसमिति चयनका लागि गठित निर्वाचन समितिका संयोजक सोलिसिटर राजु थापाले निर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरेका थिए । निर्वाचन समितिमा सदस्यहरु विजय थापा, कृष्ण भट्ट, जुना पोटे राना र सुरेशजंग शाह थिए ।
-तस्वीर : नरेन्द्र बस्नेत
Album can be seen at the link, please click to view the album….
प्रतिक्रिया