लण्डन / गरैआवासीय नेपाली सघं (एनआरएनए)का अध्येक्ष शेष घलेले नेपाल पत्रकार महासंघ यूके र गैरआवासीय नेपाली सघं यूकेबीच अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारको बिषयमा भएको सम्झौताअनुरुप कार्य अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ यूकेको दोश्रो अधिवेशनमा बोल्दै मेलबोर्न इन्टिच्यूट अफ टेक्नोलोजीका मालिकसमेत रहेका घलेले पुरस्कारार्थ स्थापित अक्षय कोष एनआरएनएको खातामा सुरक्षित रहेको जानकारी गराएका थिए।
अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको बिषयमा अनभिज्ञ रहेका घलेलाई नेपाल पत्रकार महासंघ यूकेका अध्ययक्ष चिरन शर्मा र महासचिब श्याम लुईटेल सहभागी पत्रकारहरुको समूहले बिषयको गाम्भीर्यताको बोध गराएपश्चात् उनले सो प्रतिबद्धता ब्यक्त गरेका हुन्। नेपालीहरुको बाहुल्य रहेको फार्नबोर्होस्थित भिलेज अबर्न रिसोर्टको भोजनकोष्ठमा पत्रकारहरुसँग कुरा गर्दै घलेले पत्रकारिता पुरस्कार स्थापनाको मुक्त कण्ठले प्रशंसा गरेका थिए। प्रभातीय भोजनमा सरीक अष्ट्रेलियाकी धनाढ्य महिलाको पंक्तिमा उभ्याउन सफल एवं प्रभावशाली गरैआवासीय नेपालीको रुपमा रहेकी घलेपत्नी् जमुना घलेले समेत पत्रकारहरुको सम्मान गर्ने पवित्र लक्ष्य बोकेको यस्तो कामको लागि नेपाल पत्रकार महासंघ यूके र गैरआवासीय नेपाली सघं यूकेको संयुक्त आयोजनाबाट संकलित रकम एनआरएनएको मूल खातामा जम्मा गरिएको औपचारिक जानकारी नभएका कारण सम्बन्धित निकायसँग छलफल गरेर जानकारी गराउने दृढता व्यक्त गरेकी थिईन्।
सो अवसरमा अध्यक्ष शर्मा तथा महासचिव लुईटेलले प्रमाणस्वरुप सन् २०१२ को जनवरीमा गरिएको सम्झौयतापत्र र पुरस्कार वितरण नियमावलीको पर्ती, गरैआवासीय नेपाली सघं (एनआरएनए)का अध्यक्ष शेष घलेलाई हस्तान्तरण गरेका थिए। विश्वमभर छरिएर रहेका सक्रिय पत्रकार वा संचार माध्यम र नेपालका बिभिन्न स्थानमा रहेर गैरआवासीय नेपालीको उत्थानका लागि कलम चलाउने पत्रकार र संचार माध्यम मध्येबाट दुईजनालाई हरेक दुई वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको राशी जनही १ लाख १ हजार रुपैयाँ रहेको छ। सो पुरस्कार कोषको लागि १६ लाखको हाराहारीमा रकम जम्मा भैसकेको नेपाल पत्रकार महासंघ यूकेको अनुमान रहेको छ। -देब, तस्वीर: रुपेश, लण्डन
प्रतिक्रिया