नेपलिज ब्लड डोनर्स यूके गठन

नेपलिज ब्लड डोनर्स यूके गठन


अर्जुन प्रसाद मैनालीले गरे ११५ औ पटक रक्तदान

nepalese-blood-donnarsलण्डन / बेलायतमा रहेर बिभिन्न पेशा साथै सामाजिक कार्यमा संलग्न युवा युवतीहरुको सकृयतामा नेपलिज ब्लड डोनर्स युके गठन गरिएको छ । भेलाले एभरेष्ट गौतमको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिती गठन गरेको हो । नबगठीत समितिको उपाध्यक्षमा बबी लामा, महासचिबमा प्रसुना कंडेल ,सचिब सुजन पराजुली ,कोषाध्यक्षमा राजु आचार्य, सह-कोषाअध्यक्षमा बाचस्पती रेग्मी रहेका छन । यस्तैगरी सदस्यहरुमा श्रेया पौडेल, राजु ढकाल, कृष्णा बिष्ट, अजय भट्टराई, दुर्गा गुरुङ, श्रद्दा गुरुङ , सन्जीव तिमील्सिना, दीपक गुरुङ र शिव भण्डारी रहेका छन् ।
समितीले सल्लाहाकारमा कुल आचार्य, चिरन्जिबी ढकाल, सुर्य गुरुङ, रामशरण सिम्खडा, अर्जुन गौतम, कृष्ण भट्ट, कमल भण्डारीलाई नियुक्त गरेको छ भने मिडिया सम्योजक नबिन पोख्रेल र कानुनी सल्लाहाकारमा राजु थापालाई चयन गरेको छ ।

रक्तदानकालागी विश्वव्यापी अभियानलाई थप उर्जा दिन अमेरिकाबाट लण्डन आएका इन्टरन्यासनल नेपलिज ब्लड डोनर्सका अध्यक्ष अर्जुन प्रसाद मैनालीले ११५ औ पटक रक्तदान गरेका छन । कार्यक्रममा बोल्दै मैनालीले अमेरिकी नेपाली समुदायमा रक्तदानको उल्लेखनिय सफलता पछी विश्वव्यापी रुपमा रक्तदान कार्यक्रम बढीरहेको बेला बेलायतको नेपाली समुदायमा सफल हुन सके मात्र अरु देशहरुका लागि सकारात्मक सन्देश जाने बताए । संस्थाको उद्घाटन गर्दै मैनालीले संस्थाको उत्तरोतर प्रगतीको कामना गर्दै १०००(एक हजार)अमेरिकन डलर संस्थाका अध्यक्षलाई हस्तान्तरण गरे । सोही अबसरमा संस्थाका अध्यक्ष एभरेष्ट गौतम र उनकी पत्नी रिता गौतमले विवाह बन्धनमा बाधिएको १० बर्ष गाँठको अबसरमा भोजभतेर गर्ने खर्चको करिब एकलाख रुपैया संस्थालाई हस्तान्तरण गर्ने बताए । यसैगरी संस्थाको उतरोत्तर प्रगतीको कामना गर्दै राजु आचार्यले रु चालिस हजार (रु ४०,०००) दिने भएका छन् ।

बिभिन्न क्षेत्रमा उल्लेखनीय सेवा गरेका बिशिष्ठ व्यक्तिहरु, एन-आर-एनएका अन्तरास्ट्रिय अध्यक्ष शेष घले, कार्यबाहक नेपाली राजदूत तेज बहादुर छेत्री, बिबिसी का बरिष्ठ पत्रकार भगिरथ योगीको उपस्थितीमा भएको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एभरेष्ट गौतमले संस्था स्थापना गर्नुको उद्देश्य प्रकाश पार्दै रक्तदानका लागि जनचेतना जगाउनु, प्रोत्साहन गर्नु अनि रक्तदानका लागि बढी भन्दा बढी सहभागिता गराउनु संस्थाको लक्ष्य रहेको बताए ।

यस्तै गरी नबगठित सस्था नेप्लिज ब्लड डोनर्स यूकेले आयोजना गरेको रक्तदान कार्यक्रममा करिब ३० जनाले रक्तदान गरेको राष्ट्रिय सम्योजक मिलन शर्माले बताए ।

अमेरिकी नेपाली समुदायमा २००९ मै ब्लड डोनर्स अफ अमेरिका स्थापना भैसकेको छ। नेपालमा रक्तदाता र रक्तदान गर्ने संस्थाहरुलाई समन्वय गरी ब्लड डोनर्स एसोसियसन अफ नेपाल १९९० मा गठन भएको थियो, त्यसपछि युथ फर ब्लड, नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन भएका छन्। नेपाली बसोबास गरिरहेका १७ देश हरुमा बिभिन्न नेपालि संघ संस्थाहरुले रक्तदान कार्यक्रम गर्दै आएका छन्। विश्वको कुनै पनि भागमा नियमित रक्तदान गर्न, गराउन, सहयोग तथा उत्प्रेरणा गर्ने उद्धेश्यले अर्जुन प्रसाद मैनालीको अध्यक्षतामा इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स गठन भएको थियो । अध्यक्ष मैनालीको ११६ औ पटक रक्तदान कार्यक्रम यही आउदो मे ९ तारिखका दिन बर्मुडामा तय हुने भएको छ ।
-सुजन पराजुली, लण्डन