यती एसोसियसन यूकेको ५४औं वार्षिक साधारण सभा सम्पन्न

यती एसोसियसन यूकेको ५४औं वार्षिक साधारण सभा सम्पन्न


yeti२३औ कार्यसमिति सदस्यमाथि आर्थिक अनियमितताको आरोप
लण्डन । बेलायतमा ५३ बर्षअघि गठन भएको नेपालीहरुको सबैभन्दा पुरानो प्रतिनिधिमुलक सामाजिक सँस्था यती एसोसियसनको ५४औं वार्षिक साधारण सभामा करीव ५४ जनाको उपस्थितीमा सम्पन्न भएको छ । दार्जीलिङ इन रेस्टुरेन्ट साउथहलमा भएको कार्यक्रममा उमेश मोक्तानको अध्यक्षतामा नव कार्य समिति गठन भएको हो । कार्यक्रममा कार्यबाहक राजदूत तेज बहादुर छेत्री, बीबीसी नेपाली सेवाका सुमन खरेल, ब्यबसायी महेन्द्र कंडेल, डा रागब धिताल, सुस्मा राई, शान्ती थापा साथै बेलायतका बिभिन्न क्षेत्रका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका महासचिब शशिधर नेपालले कार्यसमितीको प्रगति विवरण पेस गरे भने कोषाध्यक्षको अनुपस्थितिमा कार्यबाहक कोषाध्यक्ष कृष्ण प्रसाद शर्माले आर्थिक प्रतिबेदनमाथि प्रकाश पारे । सोही प्रतिबेदनमाथि बोल्दै कोडेक उपाध्यक्ष धन बहादुर तामाङले संस्थाले आर्थिक प्रतिबेदन प्रस्टसँग लिखित रुपमै उपस्थित सम्पूर्ण सदस्यहरुलाई बितरण गर्न सुझाब दिए ।

यती वेल्फेयर लण्डन सोसाइटी ट्रस्टीको तर्फबाट बोल्दै सूर्यजङ शाहले नेपाली समाजबिचको बिबिधतालाई एकतामा आबद्द गराउनुपर्ने बताउँदै विश्वको जुनसुकै कुनामा जन्मिए पनि नेपालीपन झल्किनु पर्नेमा प्रकाश पारे । यसैबीच समितिले २३औं कार्यसमितिका तत्कालीन अध्यक्ष चिरन्जिबी ढकाल, वरिस्ठ उपाध्यक्ष रबिन्द्र कंडेल, उपाध्यक्ष शंकर भण्डारी र महासचिब राजेन्द्र पुडासैनस्माथि, एकोहोरो ढंगमा यती एसोसियसनमाथि आर्थिक हिनामिनाको गम्भीरर आरोप लगाउँदै ,आजीवन साथै साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको बताएको छ । तत्काल बोल्ने एक बक्ताले भने -प्रपोजल ल्याउने, समितिले कारबाही गर्ने र बस्ने अरु सदस्यलाई ताली हान्न वाध्य नबनाउन अनुरोध गरे । एकले अर्कोलाई कारबाही गर्दा नै ठूलो सभाहलबाट, दार्जेलिङ रेस्टुरेन्टको सानो हलमा सीमित हुनु परेको समेत गुनासो गरे ।

कार्यक्रममा उपस्थित केही बक्ताले एकोहोरो आरोप नलगाउन साथै कार्यसमितिले गरेको एकतर्फी निर्णयलाई उपस्थित जनमाझ थपडी नबजाउन अनुरोध गरे । यस अघि पनिसन २०१२,जुन २३ मा ग्रीन्फोर्डमा भएको छलफलपछि लामो समयदेखि बुझबुझारतको विषयलाई लिएर विबादित बनेको यती नेपाली एशोसियसनको विबाद साम्य भएको बताइएको थियो। जुन छलफलमा यती एसोसियसनका २६औ कार्यसमितिद्वारा गठित बरबुझारतसम्बन्धी कार्यदलका सदस्यहरु संयोजक शिव भण्डारी, सदस्य मीन रानाभाट, सदस्य तथा महासचिव शशिधर नेपाल र २४औं कार्यसमितिका तर्फबाट अध्यक्ष चिरन्जीवी ढकाल सहभागी थिए । त्यस अतिरिक्त सोलिसिटर राजु थापा, यतीका सल्लाहकार कृष्ण भट्ट र पत्रकार चिरन शर्माको समेत उपस्थिति थियो ।

फेरि सोही बिषयलाई लिएर उब्जिएको मतभेदले सिङो यती एसोसियसननै जटिल खाडलभित्र फसेको धेरैको अनुमान छ, यस्तै अवस्था रहे हिममानव यती जस्तै यती एसोसियसन संस्था पनि एकादेशको कथा जस्तै हुने पो हो कि भन्ने उपस्थित धेरैको चिन्ता थियो ।
-सुजन पराजुली,लण्डन