लण्डन । नेपाली नयां बर्ष २०७१ को अवसरमा म्याग्दी प्रवासी नेल्लिज एशोसियसन युकेले ‘मोना नाईट’ आयोजना गर्ने भएको छ । प्रतेक बर्ष मोना युकेले गर्दै आएको ‘मोना नाईट’ यसबर्ष अभै भव्य बनाउने तयारी रहेको अध्यक्ष उमेश रानाले जानकारी दिए ।
अपि्रल २६ गते शनिबार फार्नबरोस्थित स्यामुल कोडी स्पोर्टस् कलेजमा आयोजना गरीने ‘मोना नाईट’मा धौलागिरी नौमती बाजाका साथै नेपालबाट आएका कलाकारहरुका अलावा स्थानीय कलाकारहरुले आफ्नो प्रश्तुती दिनेछन् ।
मोना युकेले स्थापना गरेको आकस्मिक राहात कोषको सहयोगार्थ गर्न लागिएको सो सांझमा विलन थापा, कल्पना श्रीपाल लगायतका कलाकारहरु नेपालबाट आउने कार्यक्रम संयोजक कमल बहादुर पुर्जाले बताए । युकेमा बसोबास गरीरहेका म्याग्देली तथा म्याग्दीमा रहेकाहरुलाई आवश्यक परेको बेला सहयोग पुर्याउन मोना युकेले आकस्मिक राहातकोष स्थापना गरेको थियो ।
जिल्लावासी बीच आपसी भेघघाट एवं नयां बर्ष शुभकामना आदान प्रदान गर्न मोना सांझ राखिएको हो । अध्यक्ष रानाका अनुसार कार्यक्रममा म्याग्दी जिल्लामा सहयोग पुर्याउने जिल्लावासी र मानवीय काममा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरीने छ ।
त्यस्तै मोना युकेमा रही बेलायतस्थित नेपाली समाजमा प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरुलाई पनि सम्मान गरीने छ । विभिन्न शैक्षिक क्षेत्रमा उत्कृष्टता हासील गरेका विद्यार्थीहरुलाई कदरपत्र प्रदान गरीने अध्यक्ष रानाले बताए ।
समाजमा उल्लेखनीय योगदान दिएका सदस्यहरुलाई प्रोत्साहन गर्न नयां आजीवन सदस्यहरु थप गरीनेछ । मोना सांझ म्याग्देली कला र संस्कृतिको संरक्षण गर्नपनि सफल हुने संयोजक पुर्जाले जानकारी दिए । मोना युकेका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक पुर्जाका अनुसार स्थानीय सयपत्री ग्रुपका कलाकारहरुले सांझलाई भव्य बनाउनेछन् । मोना सांझलाई व्यवस्थित बनाउन पनि आवश्यक गृहकार्य भइरहेको छ ।-धर्मराज
प्रतिक्रिया