एक मात्र जीवित भीसी लिम्बू सत्याग्रहको आन्दोलनमा

एक मात्र जीवित भीसी लिम्बू सत्याग्रहको आन्दोलनमा


vc-limbuलण्डन । आज मध्यान्ह, फेल्थामस्थित एक्स सर्भिस मेन क्लवमा भीसी रामबहादुर लिम्बूको एक भेलामा उपस्थिति रहेको थियो । गोर्खा सत्याग्रह समिति लण्डन २०१३ संयुक्त सत्याग्रह समिति यूकेले फेल्थाममा राखेको जानकारी सभामा फार्नबोरोहनिवासी भूपू गुर्खाहरुको लगभग ८० जनाहरुको सहभागिता रहेको थियो । सत्याग्रह समितिले जारी राखेको आन्दोलनको निर्णायक चरणको लागि आफ्नो ओजपूर्ण उपस्थितिसहित यही मार्च २६ तारिख मौखिक वयान दिन नेपालबाट आफ्नी श्रीमतीसहित सत्याग्रह समिति नेपालका सचिव राजेन्द्र राईसँग आएका भीसी रिटायर्ड क्याप्टेन रामबहादुर लिम्बूले फेल्थाममा भएको उक्त जानकारी सभामा प्रमुख अतिथि रहेका थिए ।

vc-bela2नरेश काङ्गमाङ्द्वारा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व सत्याग्रह समितिका कृष्ण बहादुर राईले गरेका थिए, भन्ने अन्य अतिथिहरुमा १५ दिने आमरण अनसन गर्ने ज्ञानराज राईलगायत श्रीमती पुनीमाया लिम्बू(भीसी लिम्बू पत्नी), राजेन्द्र राई, सन्तोष थुलुङ, लय सुब्बा, मानबहादुर राई, तत गुरुङ, सूर्य नेम्वाङ्ग, डा. राम नारायण कन्दङ्ग्वा आदि थिए ।

vclimtas_historyimage013लय सुब्बाले स्वागत मन्तव्य दिएपछि एक्स गुर्खा मेजर मानबहादुर राई, राजेन्द्र राई, तत् गुरुङ, सूर्य नेम्वाङ, ज्ञान राई, डा. रामनारायण कन्दङ्ग्वा र सन्तोष थुलुङ्ले आआफ्नो मन्तव्यहरुमा उनै भीसी रामबहादुर लिम्बू, गोर्खा आन्दोलन,असमान बेलायती व्यवस्था नीति, सत्याग्रह आन्दोलन र त्यसको वर्तमान वास्तविक अवस्थालगायत कार्यगत योजना, गेसोको कार्यगत असमर्थता, गेसो अध्यक्ष पदमबहादुर गुरुङ्को सैद्धान्तिक अनि कार्यगत शैलीउपर आलोचना आदि विषयहरु मुख्य रुपले बोलिएका थिए । सत्याग्रह समितिले थालेको आन्दोलनमा बेलायती सरकार पनि सकारात्मक देखिएको र यही वर्षको मे महिनाभित्रै भूपू गुर्खाहरुको हकमा फैसला हुनेमा ज्यादाजसो वक्ताहरु विश्वश्त थिए र त्यही विश्वास आफ्ना आम समर्थकहरुलाई दिने क्रममा आज फेल्थाममा गरिएको जानकारी सभा २९ औं थियो ।

प्रथम विश्व युद्धमा दुई जना, दोस्रो विश्व युद्धमा १० र इनडोनेसिया र बोर्नियोबीचको लडाइमा १ ले गरी जम्मा १३ जना गोर्खालीले पाएको बीरताको लागि बेलायती उच्च युद्ध पदक भिक्टोरिया क्रस अहिले जीवित हालातमा त्यसलाई छातीमा लगाइ हिँड्ने एक मात्र व्यक्ति रिटायर्ड क्याप्टेन राम बहादुर लिम्बूको त्यही छवि र गरिमामा मौखिक वयानको लागि संयुक्त सत्याग्रह समिति यूकेले यहाँ लण्डनमा झिकाएको हो ।

vc-bhela3पचास वर्षअघि अर्थात् १९८५ मा बेलायती महारानीबाट भीसी पहिरिने लिम्बूले पेन्सनमा वृद्धि, सरल र राम्रो औषधिउपचारको व्यवस्थाका लगायत बितेका सिपाहींका विधवीहरुले पाउनु पर्ने पेन्सनमा वृद्धिको मागलाई आफूले व्यक्तिगत रुपमा उठाउने विचार व्यक्त गरेपछि सभाका अध्यक्ष कृष्णबहादुर राईले सानो मन्तव्य राखेपछि जानकारी सभाको विसर्जन गरिएको थियो । त्यसको लगत्तै खानपिन अनि शुरु भएको थियो ।

Captain-Rambahadur-Limbu-3196288भीसी लिम्बूले ब्रिटिश आर्मीको तर्फबाट लगातार सात दिनसम्म चलेको बोर्नियोको घना जंगलमा गरिएको पट्रोलमा भाग लिएका थिए २१ नोभेम्बर, १९६५मा इण्डोनेसियाली जत्थाको टुकडीलाई पहिल्याउने क्रममा आफूले अगुवाइ गरेको सानो समूह आक्रमकमा परेर सँगैको दुई साथी एकलाई पेटमा र अर्कोलाई शीरमा गोली लागेकोमा तिनलाई घिसारेर एक सुरक्षित स्थानमा लगेर अनि फेरि फर्की आई राइफल समाएर लगातार फाइरिङ्ग गरी थुप्रै दुश्मनलाई मार्न सफल भएका थिए । पेटमा गोली लागेको साथीको आर्तनाद उनी अहिले पनि उस्तै गरी महशुस गर्न सक्दछन् । यद्यपि, उनले सुरक्षित स्थानमा पहिला ल्याएका घाइतेहरु बच्न त सकेनन् तर तिनले ठूलो जोखिम उठाएर तिनलाई बचाउने प्रयत्न गरी एक्लै शत्रुसँग जाइ लागेकाले नै तिनलाई भीसी प्रदान गरिएको थियो ।
vc-bhela
-नीर,तस्वीरसहित