यूकेमा प्रेमराजा महत र शान्ती भण्डारीको समर धमाका

यूकेमा प्रेमराजा महत र शान्ती भण्डारीको समर धमाका


Concert flyer finalलण्डन – यहि आउँदो समर सिजनमा बेलायतमा एकदमै रमाईलो सांगीतिक कार्यक्रम पञ्चासे समाज यूके र साउथईष्ट रेजिअन तमुधिं लण्डनले आयोजना गर्दैछन् । नेपाली संगीत आकाशमा आफ्नो छुट्टै पहिचान बोकेर उदाएका लोक संगीतका वरिष्ठ लोकप्रिय गायक प्रेम राजा महत हाल अमेरिकाको पेन्सिलभेनीया र म्यारील्याण्ड राज्यका आवैतानिक नेपाली महावाणिज्यदूतज्यू यस पटक बेलायतको रमाईलो गृष्मकालीन माहौलमा आफ्नो आवाजको जादूले आफ्ना फ्यानहरुलाई मन्त्रमुग्घ पार्न सवारी हुँदैछन् । उनको झण्डै चारदशक लामो नेपाली संगीतलाई दिएका गीतहरु र उनको अति मनपर्ने लोकवादन सारंगी र बाँसुरीको धून प्रायः सबै नेपालीले आफ्नो साझा भावनामा समेटेका छन् । ढोरफिर्दी तनहुँमा जन्मिएका यी महान कलाकार अहिले अमेरिकालाई आफ्नो कर्मथलो बनाएर देशविदेश आफ्नो सांगीतिक यात्रामा रमाईरहेका छन् । समाजसेवी अति मिलनसार प्रेम राजा महतलाई यसपाली बेलायतवासीले सांगीतिक कार्यक्रम आयोजना गरेर विवेकपूर्ण कार्य गरेको छ । उनको सागीतिक कार्यक्रमलाई एक पटक दर्शकदिर्घमा बसेर हेर्न र सुन्ने अवसर साउथईष्ट रेजिअनल तमुधिं लण्डनले दिनांक २१ जून २०१४को दिन वुलविच स्थित द ग्राण्ड थिएटर वुलविच, ३८ वेलिङ्गटन स्ट्रिट, एसई१८ ६पीईमा बेलुकी साढे छ बजेदेखि राती दशबजेसम्म सम्पन्न गरिंदै छ भने पञ्चासे समाज यूकेले अल्डसशट स्थित म्याईड जिम्नाजियम, क्वीन्स एभेन्यू, हस्पिटल रोड, जीयू११ २बीटीमा माथि उल्लेखित समयमा सम्पन्न गरिंदैछ । प्रेम राजा महतलाई साथ दिने युवा लोक गायिका शान्ती भण्डारी पनि बाल्टिमोरबाट बेलायत आउँदै छन् । पछिल्लो लोक गायिकाहरुमा अति नै लोकप्रिय गायिका शान्ती भण्डारी र प्रेम राजा महतको जोडी साथै ख्यातीप्राप्त स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतीको समर धमाकामा सहभागी हुने अवसर नगुमाउनु होला भनेर सम्पूर्ण बेलायतवासीलाई आयोजकहरुले अनुरोध गरेका छन् । टिकेट सिमित मात्रमा रहेको छ । सम्पर्क व्यक्तिहरु र कार्यक्रमको विवरण संलग्न फ्लायरमा दिएको छ ।