गुल्मी समाज यूकेद्वारा एम्बुलेन्सको लागि २७ लाख

गुल्मी समाज यूकेद्वारा एम्बुलेन्सको लागि २७ लाख


gulmiलण्डन । गुल्मी जिल्ला समाज यूकेले जिल्लामा उपलब्ध गराउन लागेको चौथो एम्बुलेन्सको लागि गरिएको सहयोग संकलनको क्रममा नेरु २७ लाख भन्दा बढीको प्रतिबद्धता प्राप्त भएको जानकारी दिइएको छ । आज टर्नब्रिजस्थित काठमाडौँ भ्याली रेस्टुरेन्टमा आयोजित अधिबेशन पूर्वको बैठकमा उक्त कुराको जानकारी दिइएको हो । उपर्युक्त रकममध्ये एबुलेन्स खर्च पछिको बचत आवस्यकता अनुसार अन्य परियोजनामा खर्च गरिने छ । अध्यक्ष अर्जुन गौतमको सभापतित्वमा सम्पन्न उक्त बैठकको संचालन महासचिब राम गलामीले गर्नु भएको थियो । कार्यक्रममा एम्बुलेन्स प्रोजेक्टको संयोजन गर्नु भएका कार्य समिति सदस्य मति प्रसाद पुनले हालसम्म उठेको रकम नेपालमा गरिनु पर्ने लागत तथा सहयोगीहरुको बिवरण बारे अपडेट गर्नु भएको थियो । त्यसै प्रसंगमा सस्थापक अध्यक्ष ओम प्रसाद थापाले बिगतमा जिल्लामा तीनवटा एम्बुलेन्स प्रदान गर्दाको अनुभव सहितको सुझाव दिनु भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष बिनोद ज्ञवालीले उपस्थितहरुलाई स्वागत गर्नु भएको थियो भने कोषाध्यक्ष टोप पल्लीले आर्थिक अपडेट गर्नु भएको थियो । त्यसैगरी महासचिब राम गलामीले आजीवन सदस्यहरुको भलाइका लागि हुने गरिने बर्तमान प्रावधान छलफलमा ल्याउनु भएको थियो । बैठकमा भूपू उपाध्यक्ष तथा सल्लाहकार मोति भण्डारी एवं बर्तमान उपाध्यक्ष केशब भण्डारीले प्रकाशित स्मारिकाको बितरण सम्बन्धि अपडेट गर्दै प्रभावकारी बितरण मार्फत सबैको हातमा पुस्तक पुगोस भन्ने चाहना रहेको जनाउनु भयो । साथै उपाध्यक्ष केशब भण्डारीले संस्थाको बिधान संसोधनसम्बन्धी प्रस्ताव छलफलमा ल्याउनु भएको थियो । बैठकले गुल्मी जिल्लामा हालै क्रुर बलात्कारको शिकार भएकी एक १० बर्षीया अनाथ बालिकाको स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि रु ५२ हजार संकलन गरी तत्काल नेपाल पठाइएको थियो जसको संयोजन संस्थाका सचिब शिब भण्डारीले गर्नु भएको थियो ।
कार्यक्रममा कार्यसमिति सदस्य तथा मेडिया संयोजक फडिन्द्र भट्टराई द्वारा हालचालै गुल्मी जिल्लाको आशा अपांग केन्द्रको सहयोगार्थ संस्थाको तर्फबाट रु ५ लाख हस्तान्तरण गरिएको सम्बन्धमा बिस्तृत बिवरण पेश गरिएको थियो । साथै उहाले आफ्नो भर्मणको क्रममा आशा अपांग केन्द्रद्वारा अपांग पुनर्स्थापनार्थ गरिएको कृयाकलापबाट आफु अत्यन्तै प्रभावित भएको तथा गुल्मी जिल्ला समाज यूके जिल्लामा मात्र नभएर देशमै एउटा चीरपरिचित नाम भैसकेको बताउनु भयो । त्यसैगरी अर्का सदस्य रुद्र थापा द्वारा गुल्मीको दौघा गाबिसको खानेपानी परियोजनाको प्रस्ताव पेश गरिएको थियो ।
साथै बैठकले संस्थाको बार्षिक साधारण सभा आगामी अप्रिल २७ का दिन अल्डरशटको भेटघाट रेस्टुरेन्टमा गर्ने गरि सबैलाई आमन्त्रित गरेको छ । बैठकमा संस्थाको भावी रणनीति सम्बन्धमा छलफल गर्दै सल्लाहकारहरु बालजंग अर्याल, दाशु पाण्डे, मिन दर्लामी,दुर्गा पाण्डे ,खड्ग रेष्मी, शंकर भण्डारी, कमल भण्डारी, गोकर्ण बस्नेत, प्रेम गैरे लगायतले आ- आफ्ना सुझावहरु प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा कार्यसमितिका सह कोषध्यक्ष राजन खरेल, सदस्यहरु भेष बहादुर थापा, गंगा राना, बिर बलाल, तथा कृष्ण खरेलको सकृय उपस्थिति रहेको थियो । कार्यक्रममै संस्थाका अध्यक्ष अर्जुन गौतमलाई बधाई ज्ञापन गर्दै भर्खरै खोल्नु भएको काठमान्डू भ्याली रेस्टुरेन्टको सफलताको शुभकामना स्वरुप पुष्पगुच्छा प्रदान गरिएको थियो साथै बैठकले मीठो भोजन र स्थान उपलब्ध गराएकोमा अध्यक्ष गौतमलाई धन्यबाद टक्र्याएको थियो ।
बैठकको समापन गर्दै अध्यक्ष्य अर्जुन गौतमले आफ्नो व्यवशायिक स्थानमा पहिलो पटक समाजका साथीहरुलाई स्वागत गर्न पाउँदा हर्षित भएको बताउदै समाजको आगामी साधारण सभामा उपस्थित भई सफल बनाउन सबै बेलायतबासी गुल्मेलीहरुमा अनुरोध गर्नु भयो ।
-फणिन्द्र भट्टराई