लण्डन / यूकेबासी नेपाली व्यवसायीहरुको संगठन नेप्लिज बिजिनेस एसोसिएसन यूकेको सपर क्लब समसामयिक बिषयहरुमा छलफल गर्दै सम्पन्न भएको छ | यहास्थित बिबिध क्षेत्रका नेपाली व्यवसायीहरुको आपसी हित तथा ब्यापार प्रवर्धनमा केन्द्रित रहने हेतुले स्थापित यस संगठनले गर्दै आइरहेको आजको सपर क्लबको अध्यक्षता संगठनका अध्यक्ष्य नरेन्द्र कंडेलले गर्नुभएको थियो | उपस्थितहरुलाई स्वागत गर्दै अध्यक्ष्य कंडेलले अवार्ड सेरेमोनीको आयोजना तथा संस्थालाई नया गति दिन एजिएमको तयारीमा जुट्नु पर्ने आवस्यकता औल्याउदै आगामी दिनमा समबेशितामा ध्यान दिइनु पर्ने बताउनु भयो |
कार्यक्रमको संचालन गर्दै सचिब दाशु पाण्डेले एन बी ए यूके र यसका कार्यक्रम नितान्त व्यवसायिक हितका लागि हुने भएकोले यसको बिशेष महत्व र पृथकता रहेको बताउनु भयो | बैठकमा कानुनी सल्लाहकार दिपक भट्टराईले बर्तमान परिप्रेक्ष्यमा व्यवसायीहरुलाई पर्न सक्ने इमिग्रेसन तथा कानुनी उल्झनसम्वन्धी सचेतना बारेको आफ्नो जानकारी प्रस्तुत गर्नु भएको थियो भने एकाउन्टिंग फर्मका संचालक एल एन पाण्डेले कम्पनीहरुले राख्नु पर्ने लेखापालन तथा करसम्वन्धी अपडेट गर्नु भएको थियो |
माउन्टेन भ्यीउ रेस्टुरेन्टको ग्रीनवीच ब्रान्चमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न पेशामा संलग्न व्यवसायीहरुमध्ये सहदेब गिरी, सुरज केसी, ललित न्यौपाने, कर्ण शाही, केदार थपलिया, हर्क तिमिल्सिना, फडिन्द्र भट्टराई लगाएतले आ आफ्ना नया र पुराना व्यवसायिक संलग्नता तथा यसका अनुभवहरु पस्किनु भएको थियो | बैठकले भर्खरै व्यवसाय विस्तार गर्ने एल एन पाण्डे तथा नया रेस्टुरेन्ट स्थापना गरेको माउन्टेन भ्यीउ समुह लाई बधाई ज्ञापन गरेको थियो भने रेस्टुरेन्टको तर्फबाट संचालक रोमनाथ पाण्डेले उपस्थित सबैलाई धन्यबाद दिनु भएको थियो |
-फडिन्द्र भट्टराई, लण्डन
प्रतिक्रिया