अनेसास, यूकेको मासिक साहित्यिक कार्यक्रम

अनेसास, यूकेको मासिक साहित्यिक कार्यक्रम


IMG_7269लण्डन – २९ मार्च २०१४को दिन आपरान्ह एक बजेदेखि साँझ सातबजेसम्म लण्डनको ईलिङ ब्रोडवे स्थित मन्टिज रेस्टुरेन्टमा अत्यन्त रमाईलो तथा भव्यताको साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले मासिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । अन्य साहित्यिक संस्थाहरुबाट भन्दा गैर आवासीय नेपाली समन्वय परिषद बेलायत च्याप्टरबाट राम्रो सहभागिता जनाईएको थियो । यस कार्यक्रमलाई “यूकेमा रहेका नेपाली साहित्यिक संस्था र संस्थाहरुले खेलेका रच्नात्मक भूमिका” शिर्षकमा छलफल गर्ने बृहत अन्तरक्रिया कार्यक्रम समाजका सदस्य नवराज घिमिरेको संयोजकत्वमा सम्पन्न गरिने रहेको थियो । तर, विभिन्न साहित्यिक संस्थाहरुबाट सबैले सहभागिता जनाउन नसकेपछि यस कार्यक्रमलाई बृहत छलफल नगरी साहित्यिक गतिविधिहरुबारे प्रकाश पार्ने जमर्को रहेको थियो । संयोजक नवराज घिमिरेका अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार, अबरदीन् युनिभर्सिटी, बेलायतका भिजिटङ प्रोफेसर डा. कविताराम श्रेष्ठ थिए । विशेष अतिथिहरुमा नेपालबाट आएका, किर्तीपूर क्याम्पसका डा. तारानाथ श्रेष्ठ र त्रिभूवन युनिभर्सिटीकी सुमाया राई थिए । अन्य अतिथिहरुमा एनआरएन आईएसीसीका सदस्य कुल आचार्य, नेपाली प्रवासी संघका अध्यक्ष रामशरण सिंखडा, अनेसास केन्द्रिय उपाध्यक्ष (युरोप) जगत नवोदित, एनआरएन आईसीसीका सदस्य शुष्मा राई तथा एनआरएन बेलायत च्याप्टरका शान्ती कुँवरथापा थिए । कार्यक्रमलाई संस्थाकी महासचिव लारा राईले सदाझंै आफ्नो ओजपूर्ण प्रभावशाली शैलीमा अन्तसम्म रोचकपूर्ण तवरमा सञ्चालन गरेकी थिईन् । शुरुमा औपचारिक कार्यक्रम हुनु अगावै एकआपसमा परिचय दिनेक्रम रहेको थियो । दुई दर्जनभन्दा बढि साहित्यकारहरु र साहित्य अनुरागीहरु भेला भएको कार्यक्रममा सबैले आ–आफ्नो मन्तव्य तथा कविताहरु वाचन गरेका थिए । कार्यक्रममा मन्तव्य दिनेक्रममा सबैभन्दा पहिलै भोजराज बराललाई महासचिवले बेलायती नेपाली साहित्यबारे पर्यवेक्षकको रुपमा केहि बोल्न लगाएकी थिईन् । उनले संक्षेपमा धेरै संस्थाभन्दा नेपाली साहित्यको तीनवटा प्रभावशाली संस्थाहरु भएमा राम्रो हुने कुरा बताएका थिए । मन्तव्य प्रकट गर्नेहरुमा डा. कविताराम श्रेष्ठ, डा.तारानाथ श्रेष्ठ, सुमाया राई, रामशरण सिंखडा, सुमल कुमार गुरुङ, कुल आचार्य, जगत नवोदित, शुष्मा राई, शान्ति कुँवरथापा, पूर्व डिएसपी वाचास्पती रेग्मी आदि थिए । खानपान पछि दोश्रो चरणको कार्यक्रममा कविता, गीत, गजल वाचनको रमाईलो माहौल जमेको थियो । कविता वाचन गर्नेहरुमा क्रमशः भोजराज बराल (मुक्तक), शशिथापा सुब्बा (गजल), राम शरण सिंखडा, जगत नवोदित (उनले भूपीका लोकप्रिय कविताहरु सुनाए), वाचास्पती रेग्मी, डा. तारानाथ श्रेष्ठ, सुमल कुमार गुरुङ, लारा, नारायण गाउले (दुईवटा गजल), नवराज घिमिरे (एकाक्षरीय गजल) सुमाया राई तथा हरिमान गुरुङ र शान्ति कुँवरथापाले गीतहरु गाएका थिए । यसैं कार्यक्रममा डा. तारानाथ श्रेष्ठले अनेसासलाई आफ्नो कृति “शक्ति, स्रष्टा र सबाल्ट्रन” भेंट दिएका थिए । यस कार्यक्रमको व्यवस्थापन तथा खर्चको प्रायोजन स्वयम् संयोजक नवराज घिमिरेले गरेका थिए । कार्यक्रमको साउन्ड सिस्टम गायक, संगीतकार तथा गीतकार सुनिल लाबुङले प्रायोजन गरेका थिए । अन्तमा कार्यक्रम अत्यन्त रोचकपूर्ण रहेता पनि समयको पाबन्दिलाई मध्येनजर गरेर सभाध्यक्ष नवराज घिमिरेले धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरेका थिए ।