सिख नयाँ वर्षको रौनक हान्स्लोमा

सिख नयाँ वर्षको रौनक हान्स्लोमा


15लण्डन । हिजो अर्थात् ३० मार्चमा हान्स्लो क्षेत्रमा सिख समुदायको आफ्नो प्रसिद्ध पर्व वैशाखी बडो धूमधामका साथ मनाएका छन् । सिख क्यालेण्डरको पहिलो दिनलाई सिख समुदायले एक परेडको आयोजना गरेर आफ्ना र्समर्थक, प्रसंशक अनि भक्तजनहरुको साथमा आफ्नो पर्वको धूम यहाँ बेलायतमा मनाएका छन् ।
पुलिसहरुको कर्डनमा अनि स्थानीय स्वयंसेवहरुको ठूलो जत्थाका साथ हानवर्थ रोड, हान्स्लोको गुदर्वारा श्री गुरु सिंह सभाबाट शुरु भएर सोही मन्दिरमा साँझको साढे ७ बजे फिर्ता पुगेको सो परेडको यसरी खासगरी लण्डनको यस क्षेत्रमा आयोजना गरिने गरेको यो १६ औं वर्ष हो । सिखहरुको उक्त परेड जसलाई वैशाखी नगर किर्तन भनिन्छ लाई पछ्याउँदै हजारौं भक्तजनहरु र परिक्रममा गरिने सडकको वरपर उभिएका दर्शकलगायत श्रद्धालुहरुको हजारौं भीडले सिखहरुको उदार दिल अनि श्रद्धा भावमा साथ दिएका थिए । सोही अवसरमा सडकहरुको साथमा ठाउँ ठाउँमा स्टलहरु राखेर सिखहरुले खाजा नास्ताको निःशुल्क व्यवस्था गरेका थिए ।
001बताइएअनुसार, खाल्सा समूहका पहिलो पाँच सदस्यहरुले १३, अप्रिल १६९९मा शुरु गरेको यो खालको पर्वलाई नै समस्त सिख समुदायले वैशाखी पर्वको रुपमा मनाउँदै आएका छन् । वैशाखी मेला यो शाल पनि उही १३ अप्रिलकै दिन लाम्पटन पार्क, हान्सोमा भव्य रुपमा विविध कार्यक्रमहरुको आयोजना गरेर मनाउने भएका छन् ।
12
13
14
20
21
22
23
24
-तस्वीर, महेन्द्र कुँवर, नरेन्द्र बस्नेत