तमुधिं यूके, गोर्खाकप २०१४को तैयारी

तमुधिं यूके, गोर्खाकप २०१४को तैयारी


gurkha cuk 2014
लण्डन – दिनांक ०५ अप्रिल २०१४, शनिवार दिनको १२ बजेदेखि बेलुकी ६ बजेसम्म तमुधिं यूकेले २०१४ सालको गोर्खाकप तैयारी सम्बन्धि मिचेट स्थित तमु नेपालीज कम्युनिटी हाउसमा सम्पन्न सभामा बृहत छलफल गरेको थियो । समाजका अध्यक्ष कमल गुरुङको अध्यक्षतामा सम्पन्न सो सभालाई महासचिव नन्दजंग गुरुङले सञ्चालन गरेका थिए । सभालाई स्वागत मन्तव्य समाजका उपाध्यक्ष रामचन्द्र (सुर्जे)ले व्यक्त गर्नेक्रममा सबैलाई सो कार्यक्रम सफल पार्नका लागि सहयोग प्रदान गर्ने अनुरोध गरेका थिए । महासचिवले पछिल्लो सभाको विवरण प्रस्तुत गरेपछि विविध बुँदाहरुमा छलफल भएको थियो । नेपालीहरुद्वारा सञ्चालन गरिने बेलायतकै खेलकुद ईतिहासमा रेकर्ड कायम गर्न सफल गोर्खाकप फूटबल प्रतियोगिताको आफ्नै महत्व रहेको छ । विगत एक दशकदेखि खेलिंदै आएको फूटबल प्रतियोगिता अहिलेसम्म अत्यन्त सफलताको साथ सम्पन्न हँुदै आएको छ । सभाले च्यारिटीमा दर्ता भएका संघसंस्थाहरुलाई निःशुल्क स्टाल प्रदान गरिने निर्णय गरेको छ । अब आउने २५ मई २०१४को दिनमा सम्पन्न त्यस प्रतियोगितामा १२ वटा भेटेरेन टीम सहिट ५२ वटा टीमले प्रतियोगितामा सहभागिता जनाउने कुरा खेलकुद संयोजक तथा सचिव क्याप्टैन धन गुरुङले बताएका थिए । उनले प्रतियोगिताको विस्तृत विवरण पावरप्वाईन्टबाट प्रस्तुत गरेका थिए तथा सभामा सहभागी सबैलाई आ–आफ्नो विचार राख्न समेत अनुरोध गरेका थिए । यसं समाले एनआरएनका केन्द्रिय अध्यक्ष शेषघलेलाई तमुधिं यूकेको गरिमामय संरक्षकको पदका लागि सर्वसम्मति दिएको थियो तथा उनलाई यसपदका लागि अनुरोधपत्र पठाउने निर्णय गरेको थियो । सभालाई लन्चपछि पनि निरन्तरता दिंदै विविध विषयहरुमा छलफल गरेर गोर्खाकप २०१४लाई सफल पार्ने सबैले सहमति जनाएका थिए । अन्तमा धन्यवाद ज्ञापन गर्दै अध्यक्षले सभा समापान गरेका थिए ।