लण्डन म्याराथूनमा डोको बोकेर गोर्खाली दौडँदै

लण्डन म्याराथूनमा डोको बोकेर गोर्खाली दौडँदै


london-1लण्डन । यही महिनाको १३ तारिख लण्डनमा आयोजना हुँदै गरेको विश्व प्रसिद्ध लण्डन म्याराथूनमा विभिन्न देश तथा क्षेत्रहरुका लगभग पचासौं हजार मानिसहरुको सहभागितामा एक ब्रिटिश भू.पू. गुर्खाले पनि आफ्नो गौरबपूर्ण उपस्थिति जनाउने भएका छन् । केन्ट निवासी रिटायर्ड क्याप्टेन विष्णु बहादुर सिंह नेपाली डोकोमा २५ के.जी. बराबरको आफ्नै किताव बोकी दौडँदै छन् ।
लम्जुङ जिल्लाको कुन्छा भन्ने गाउँमा आफ्नो समस्त बाल्यकाल बिताएका सिंह, ब्रिटिश आर्मीमा भर्ती भई हङकङ, ब्रुनाई र यूके गरी तीन ठाउँबाट सेनामा कार्यरत रहेर बोस्निया, कोशोभो र अफ्गानिस्तानमा लडाइमा गई आफ्नो २५ वर्षको आर्मीको क्यारिएर गत २०१० मा रिटायर्ड भई विसर्जन गरेका थिए ।
सैनिक जीवनमा नै लण्डन म्याराथू बहादुरलाई त्यसको महत्वको बारेमा सोध्दा उनी भ्रन्दछन् -“संसारमा नै आफूलाई चिनाउने सकिने एक प्ल्याटफर्म र च्यारिटि संकलन गर्न सकिने भेलाको रुपमा मैले लण्डन म्याराथूनलाई लिएको छु । रिटायर्ड भएर बस्दा जीवनमा खासै उत्साहजनक कार्यहरु कम हुने हुँदा पनि मैले यो म्याराथूनमा दौडन खोजेको हुँ ।”
photoआर्मी बेनेभोलेण्ट फण्डको लागि फण्ड राइजिङ गर्न १६५० पाउण्डको टार्गेट दिइएकोमा उनले अहिलेसम्म २३०० पाउण्ड उठाइसकेका छन् । नेपाली डोको, आर्मी बेनेभोलेण्ट फण्डको टिसर्ट, अनि उनको आफ्नै शब्दमा ‘….. नेपालमा उहिले भर्ती हुँदाखेरि जुन किसिमले…जाँङ्गे लगाएर, २५ के.जी. बराबरको तौल बोकेर दौडेका थियौं, त्यसरी नै जाङ्गे लगाउने,….’, गोर्खालीको टोपी, गोर्खालीको चिन्ह, खासगरी बेलायती सेनामा नेपालीहरुको गुर्खाको रुपमा २०० वर्षको सन्दर्भलाई पनि झल्काउने केही चिन्हहरुलगायत, आफैले गत वर्ष लेखेको A Gurkha’s Story, जसलाई उनले जोनी गुर्खाको नामले लेखेका थिए, को २५ के.जी. बराबरको कितावहरु उही डोकोभरि बोकेर दौडँदै संसारको ध्यान खिँच्ने आफ्नो अभिलाशा रहेको लुकाउन सकेनन् । ४७ वर्षीय सिंह लण्डन म्याराथून करीव ६ घण्टामा पूरा गर्ने लक्ष्य राख्दछन् ।
london-2ठकुरी समाज यूकेको वर्तमान अध्यक्ष विष्णु बहादुर सिंह, आफ्नो अवकाशप्राप्त जीवनमा स्थूल भएर कहिल्यै नबस्ने आफ्नो उत्साह दृढताका साथ व्यक्त्याउँदछन् । गत वर्ष उनले एउटा गोर्खाको कथा शीर्षकमा किताव लेखेका सिंहले आर्मी बेनोभोलेण्ट फण्ड जसले बितेका केही वर्षयता सोही फण्डले रिटायर्ड भई नेपालमा बसेका भूपूहरुलाई यूके ल्याउन मद्दत गरेकोले यो साल सोही फण्डमा फण्ड राइजिङ गर्नको लागि लण्डन म्याराथूनमा सहभागिता राख्न पाउनु आफ्नो लागि यो सालको महत्वपूर्ण उपलब्धी हुने मान्दछन् ।
-नीर,