माउण्टेन सेक्युरीटि सर्भिसेसको औपचारिक उद्घाटन

माउण्टेन सेक्युरीटि सर्भिसेसको औपचारिक उद्घाटन


secबेलायत । बेलायतमा बढ्दो सुरक्षा मागलाई दृष्टिगत गर्दै नेपालीहरुले सेक्युरीटि कम्पनी सञ्चालनमा ल्याएका छन् । गतसाता ह्याम्सायरको विन्चेष्टरस्थित लाली गुरांस रेष्टुरेण्टमा माउण्टेन सेक्युरीटि सर्भिसेसको औपचारीक उद्घाटन गरिएको थियो ।
पूर्व गोर्खा सैनीक एकराज नेम्वाङको व्यवस्थापनमा खोलिएको माउण्टेन सेक्युरीटि सर्भिसेस भिक्टोरिया क्रस विजेता राम बहादुर लिम्बूले पानसमा बत्ति बाली उद्घाटन गरेका थिए । सो अवसरमा उनले नेपालीहरु जहां रहेपनि आगामी पुस्ताको लागि बाटो खुल्ला बनाउन प्रयत्नशिल हुनुपर्नेमा जोड दिए ।
आफूजस्तै पूर्व सैनीकहरुलाई भेट्न पाउंदा खुशी लागेको बताउंदै लिम्बुले ‘माउण्टेन सेक्युरीटी सर्भिसेस’ सफल हुने विश्वास लिए । पूर्व गोर्खाहरुलाई कामका लागि कम्पनीले सहयोग पु¥याउंछ भन्ने आशा लिएको लिम्बूले बताए । गोर्खा आन्दोलनको शिलशिलामा आफु बेलायत आइपुगेको बताउंदै उनले गोर्खा आन्दोलन छिट्टै निष्कर्षमा पुग्ने दावी गरे ।
कार्यक्रममा नेपाली मद्यत समूहका को फाउण्डर एवं स्थानीय समाजसेवी कमल पुर्जाले गोर्खाहरु आफ्नो समुदायको रक्षा गर्न प्रयत्नशील रहने बताए । गोर्खाहरु जहां बस्छन् त्यहां सुरक्षा प्रदान गर्छन, सुरक्षित समाज बनाउनु हाम्रो कर्तव्य हो पुर्जाले भने त्यसैको परिणामस्वरुप माउण्टेन सेक्युरीटि स्थापना भएको छ । नाम अनुरुपकै उच्च सेवा पु¥याउन उनले शुभकामना दिएका थिए । सबैको सहयोगले मात्रै कम्पनीले उपलब्धि हासिल गर्न सक्ने बताउंदै उनले सहयोग गर्न सबैमा आव्हान गरे ।
कम्पनीका सञ्चालक नेम्वाङ भर्खरै काउण्टी काउन्सीलको गुड नेइबर योङ एण्ड वल्ड अवार्डबाट सम्मानित भएका थिए । पांचथर सेवा समाजको अध्यक्ष्ँसमेत रहेका उनी नेपाली कांग्रेस पार्टीका प्रखर नेता पनि हुन ।
सो अवसरमा स्थानीय सञ्चारकर्मी, ब्रिटिश लेजेण्डका प्रतिनिधि, काउण्टी काउन्सिलका प्रतिनिधि, गोर्खा म्युजियमका प्रतिनिधि, स्थानीय समाजसेवीहरुलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागि थिए ।
– एकराज नेम्वाङ्ग