जनजातिहरुको माग, पहिचानसहितको संघीयता :भीसी लिम्बू

जनजातिहरुको माग, पहिचानसहितको संघीयता :भीसी लिम्बू


rblvcबेलायत । भिक्टोरिया क्रम विजेता पूर्व गोर्खा सैनिक राम बहादुर लिम्बूले संघीयताको सवालमा आदिवासी जनजातिहरु एकजुट हुनुपर्ने बताएका छन् । अहिले जनजातिहरुलाई पहिचान सहितको संघीयता चाहिएको छ, विन्चेष्टरमा ‘माउण्टेन सेक्युरिटी सर्भिसेस’को उद्घाटन गर्दै लिम्बूले भने त्यसको लागि तपाईहरु एक हुनुहोस् । हामी जहां रहे पनि आगामी पुस्ताको लागि बाटो खुल्ला बनाउन प्रयत्नशील हुनुपर्छ ।
आफूजस्तै पूर्व सैनीकहरुलाई भेट्न पाउंदा खुशी लागेको बताउंदै लिम्बूले ‘माउण्टेन सेक्युरीटी सर्भिसेस’ सफल हुने विश्वास लिए । पूर्व गोर्खाहरुलाई कामका लागि कम्पनीले सहयोग पु¥याउंछ भन्ने आशा लिएको लिम्बूले बताए । गोर्खा आन्दोलनको शिलशिलामा आफू बेलायत आइपुगेको बताउंदै उनले गोर्खा आन्दोलन छिट्टै निष्कर्षमा पुग्ने दावी गरे ।
कार्यक्रममा नेपाली मद्दत समुहका को फाउण्डर एवं स्थानीय समाजसेवी कमल पुर्जाले गोर्खाहरु आफ्नो समुदायको रक्षा गर्न प्रतयत्नशिल रहने बताए । गोर्खाहरु जहां बस्छन् त्यहां सुरक्षा प्रदान गर्छन, सुरक्षित समाज बनाउनु हाम्रो कर्तव्य हो पुर्जाले भने त्यसैको परिणाम स्वरुप माउण्टेन सेक्युरीटि स्थापना भएको छ । नाम अनुरुपकै उच्च सेवा पु¥याउन उनले शुभकामना दिएका थिए । सबैको सहयोगले मात्रै कम्पनीले उपलब्धि हासील गर्न सक्ने बताउंदै उनले सहयोग गर्न सबैमा आव्हान गरे ।
ब्रिटिश गोर्खा सैनिक सेवाबाट भर्खरै अवकास प्राप्त एकराज नेम्वाङले ‘माउण्टेन सेक्युरीटी सर्भिसेस’ सञ्चालनमा ल्याएका हुन् । ह्याम्सायर क्षेत्रका समाजसेवी नेम्वाङ भर्खरै काउण्टी काउन्सिलको गुड नेवइबर योङ एण्ड वल्ड अवार्डबाट सम्मानित भएका थिए । पांचथर सेवा समाजको अध्यक्ष्ँसमेत रहेका उनी नेपाली कांग्रेस पार्टीका प्रखर नेता पनि हुन् ।
सो अवसरमा स्थानीय सञ्चारकर्मी, ब्रिटिश लेजेण्डका प्रतिनिधि, काउण्टी काउन्सिलका प्रतिनिधि, गोर्खा म्युजियमका प्रतिनिधि, स्थानीय समाजसेवीहरुलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागी थिए ।
–धर्मराज अधिकारी