बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकताको सहमतिपत्रमा भट्टराई र यादव दुबैले हस्ताक्षर गरेका छन् ।
शुक्रबार राति अबेरसम्म चलेको छलफलले एकताको निष्कर्षमा पु¥याएको हो । दुबै पार्टीबीच एकताका लागि सहमति भएसँगै एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको नेताहरुले बताएका छन् । एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहने बताइएको छ । पार्टी एकता घोषणा पर्सि २३ गते हुने बताइएको छ ।
पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।
प्रतिक्रिया