अधिकार केन्द्रमै राखेका कारण ‘सङ्घीयता जोखिममा’ : गगन

अधिकार केन्द्रमै राखेका कारण ‘सङ्घीयता जोखिममा’ : गगन


नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सम्पूर्ण अधिकार केन्द्रमै राखेका कारण सङ्घीयता जोखिममा परेको बताएका छन् ।

सप्तरीको कञ्चनपुरमा आयोजित काङ्ग्रेसको क्षेत्रीय सम्मेलनमा उनले सम्पूर्ण अधिकार केन्द्रमै राख्ने, प्रदेश र स्थानीय तहलाई कुनै अधिकार नदिएसम्म सङ्घीयता नटिक्ने बताए ।

नेता थापाले सङ्घीयता र गणतन्त्रको रक्षा गर्दै जनतालाई आर्थिक, सांस्कृतिक, राजनीतिक अधिकार दिलाउन अब काङ्ग्रेसले जनजागरण अभियान चलाउने उनले बताए । नेपाली काङ्ग्रेस सप्तरीका जिल्ला सभापति दिनेशप्रसाद यादवले समृद्धिका लागि काङ्ग्रेसको नेतृत्व आवश्यक हुने दावी गरे