सरकारले जनतालाई खोक्रो सपना बाँड्यो : डा कोइराला

सरकारले जनतालाई खोक्रो सपना बाँड्यो : डा कोइराला


वर्तमान सरकारले जनतालाई सपना मात्र बाँडेको नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बताए ।

नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले मायादेवी गाउँपालिकाको डुमरामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सरकारले जनतालाई पूरा गर्न नसक्ने सपना बाँडेको आरोप लगाए । काङ्ग्रेस केन्द्रीय सदस्य दीपक गिरीले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए । अर्का केन्द्रीय सदस्य तथा सांसद अतहर कमालले सरकारले जनतालाई विभिन्न बाहानमा झुक्काएर सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाए ।

पूर्वराजदूत दीपककुमार उपाध्याय, सांसद अभिषेकप्रताप शाह, पूर्वपार्टी सभापति सुधारकर पाण्डेय, राजेश आचार्यलगायतले पार्टीमा गुटबन्दीलाई त्यागेर एकबद्ध भएर जानुपर्नेमा जोड दिएका थिए । सो अवसरमा माओवादीका पूर्वसभासद ईन्द्रवती यादव, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, नेता चक्रधारी पाण्डेय, अब्दुर रउफलगायत काङ्ग्रेसमा प्रवेश गरेका थिए ।