संसदमा नाराबाजी ‘सत्तामुख कि सभामुख ?’

संसदमा नाराबाजी ‘सत्तामुख कि सभामुख ?’


प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूलाई लक्षित गर्दै ‘पाखण्डी’ र ‘निम्छरो’ शब्द प्रयोग गरेपछि मंगलबार विपक्षी सांसदहरुले संसदमा प्रधानमन्त्रीविरुद्ध व्यापक नाराबाजी गरे ।

नीति तथा कार्यक्रमबारे सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘निम्छरो’ शब्द प्रयोग गरेपछि नेपाली काङ्ग्रेसका सांसदहरू नियमापत्ति भन्दै एक साथ उठेका थिए । प्रधानमन्त्रीले बोलेको शब्द रेकर्डबाट हटाइयोस् भन्दै सांसदहरुले नियमापत्ति गरेका थिए ।

रेकर्डबाट शब्द हटाउन तयार नभएपछि सांसदहरूले प्रधानमन्त्री र सभामुखविरुद्ध चर्को नाराबाजी गरे । ‘सभामुख कि सत्तामुख’ भन्दै महराविरुद्ध नारा लाग्दा उनी अँध्यारो अनुहारमा चुपचाप बसिरहेका थिए ।

नाराबाजीका कारण प्रधानमन्त्रीले प्रश्नहरूको जवाफ दिन पाएनन् । त्यसपछि बहुमतको आधारमा ध्वनी–मतद्वारा सरकारको नीति तथा कार्यक्रम पारित गरिएको थियो ।

pic: rss