होउन्स्लोमा सांगीतिक तथा सांस्कृतिक धमाका २०७१ हुने

होउन्स्लोमा सांगीतिक तथा सांस्कृतिक धमाका २०७१ हुने


dhamaakaaलन्डन / पश्चिम् लन्डनको होउन्स्लो स्थित गूड् शेफर्ड चर्चमा सांगीतिक तथा सांस्कृतिक धमाका २०७१ हुने भएको छ । यही आउदो मे १७ शनिबारका दिन नेपाली नया वर्ष २०७१ को अवसर पारेर हेल्पिङ हेन्ड्स होउन्स्लो र प्रबासी नेपाली मंच होउन्स्लोको संयुक्त आयोजनामा सांगीतिक धमाका २०७१ आयोजना गरिने, हेल्पिङ ह्यान्ड्सका अध्यक्ष रामजी बरालले जानकारी दिनु भएको छ । उक्त कार्यक्रमका लागि नेपालका चर्चित लोक दोहोरी गायक बद्री पगेनी साथै प्रबासमै रहेर पनि साङगितिक क्षेत्र मा विशेष योगदान पुर्याउनु भएका कन्दरा ब्यान्डका चर्चित गायक विवेक श्रेष्ठ,गायक सुजन पराजुली लगायत अन्य कलाकारहरुको बिशेष प्रस्तुति रहनेछ ।
कार्यक्रममा नृत्य प्रशिक्षक सुस्मिता भण्डारी, बिनिता गुरुङ, रश्मी गौतम, रिता गौतम लगायतका कलाकारहरुको उपस्थिति हुने भएको छ । सास्कृतिक धमाका २०७१ मा आकर्षक पुरस्कारको ब्यबस्था गरिएको आयोजक बिनोद दाहालले बताउनु भयो । कार्यक्रमको लागि प्रबेश शुल्क १० पाउन्ड तोकिएको छ । कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण बेलायतबासी नेपालीलाई आयोजक समितिले अनुरोध गरेको छ । -सुजन पराजुली