राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने प्रधानाध्यापक पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने प्रधानाध्यापक पक्राउ


फटकशिला माध्यमिक विद्यालय (सिन्धुपाल्चोक)का प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीले आज (मंगलबार) उनलाई पक्राउ गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विवाहबन्धनमा बाँधिएकोे फोटो बनाएर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

पक्राउ परेका चौलागाईंलाई महानगरीय अपराध माहाशाखामा बुझाइएको प्रहरीले जनाएको छ ।