‘देउवा-पौडेल नभन्नुस्, कांग्रेस बन्नुस्’

‘देउवा-पौडेल नभन्नुस्, कांग्रेस बन्नुस्’


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रिएको धारणा अघिसारेका छन् ।

रामेछापमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भने, ‘तपाईंहरु देउवा पनि नभन्नुस् तपाईंहरु पौडेल पनि नभन्नुस्, तपाईंहरु केवल नेपाली काङ्ग्रेस बन्नुस् ।’

नेपाली काङ्ग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईंले रामेछाप नगरपालिकालाई उपलब्ध गराएका शववाहन हस्तान्तरण गर्न रामेछाप बजारमा आयोजना गरिएको कार्यक्रममा नेता पौडेलले अहिले प्रदेश र स्थानीय सरकारको अधिकार खोसी केन्द्रिकृत शासन सत्ता लाद्न खोजिएको आरोप लगाए। वर्तमान सरकार अराजकतर्फ उन्मुख भएको आरोप पनि उनले लगाए।

पार्टीका केन्द्रीय सदस्य रामशरण महतसमेत उपस्थित रहेका सो कार्यक्रममा नेता महतले पूर्वसरकारले ल्याएको कार्यक्रम वर्तमान सरकारले आफ्नो कार्यक्रम भन्दै जनतालाई झुक्याइरहेको आरोप लगाए ।