विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ

विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ


नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेका नेकपाका दुई कार्यकर्तालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ नाला बस्ने ६६ वर्षीय शिवशङ्कर अधिकारी र व्यास नगरपालिका वडा नं ७ सत्रसय बस्ने ४१ वर्षीय विवेक भन्ने टेकबहादुर विक रहेका छन् ।

उनीहरुलाई भानु नगरपालिका वडा नं २ आमबोटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेलाई उद्धृत गर्दै राससले जनाएको छ ।

पक्राउपर्नेमध्ये अधिकारी नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला सदस्य एवं जनसरकार प्रमुख र विक जिल्ला सदस्य हुन् । उनीहरूलाई राजद्रोह मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।