प्लमस्टिड, लण्डनमा हरित तारादेवी पूजा

प्लमस्टिड, लण्डनमा हरित तारादेवी पूजा


IMG_7335

IMG_7346

IMG_7361लण्डन – आईतवार, २० अप्रिल २०१४को दिन, प्लमस्टिड हाईस्ट्रिट स्थित गेसो हलमा तमुधि यूकेका सल्लाहकार तथा पञ्चासे समाज यूकेका अध्यक्ष सुमल कुमार गुरुङको सयोजनमा दक्षिणपूर्व लण्डन क्षेत्रमा बस्दै आएका नेपाली महायानी बौद्धमागीैहरुले वर्षेनी गर्दै आएको हरित तारादेवी तथा ग्रहशान्ति पूजा सम्पन्न गरेका थिए । नेपालबाट बेलायत आएका धर्मगुरुहरु क्रमशः लामा गुप्ति गुरुङ र लामा रक्षा गुरुङले सो पूजा महायानी बौद्ध परम्परा अनुसार पूजाको विधि र औचित्यबारे प्रकाश पार्दै सम्पन्न गरेका थिए । पूजाका मूल आयोजक स्वयम् सयोजक सुमल कुमार गुरुङ, हितमान गुरुङ तथा योगेश गुरुङ थिए । यस कार्यक्रमका लागि स्वेच्छा श्रद्धालुहरुले खानपिनको व्यवस्थादेखि हलभाडा, जलपान तथा आर्थिक सहयोग गरेर कार्यक्रमलाई अत्यन्त सफल पारेका थिए । कार्यक्रमलाई सहयोग गरेका व्यक्तिहरुको नामावली तथा बुद्ध भगवानका महान वाणीहरु पवर प्वाईन्टको माध्यमबाट देखाईएको थियो । योगेश गुरुङले सञ्चालन गरेका कार्यक्रमलाई सयोजक सुमल कुमार गुरुङले बौद्धधर्मका अनुयायीहरुलाई कार्यक्रममा सरिक भएर हार्दिकता दर्शाएकोमा आभार व्यक्त गर्दै बौद्धधर्मबारे छोटो मन्तव्य प्रकट गरे पश्चात धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमलाई प्रायोजन गरेका श्रद्धालुहरुको नाम कार्यक्रम सञ्चालकले उद्घोष गर्दै आभार पनि व्यक्त गरेका थिए । यस कार्यक्रममा बौद्ध दर्शनबारे लामा गुप्ति लामाले प्रवचन दिएका थिए । उनले यसको महत्वबारे एकदमै अनेकौ राम्रा उदहारण सहित तथा प्रेरक कथाहरुको माध्यमबाट बौद्धधर्मको औचित्य अहिलेको विश्व परिवेशमा कतिको महत्व राख्दछ भन्ने आधारमा प्रवचन दिएका थिए । अन्तमा दक्षिणपूर्व क्षेत्रीय तमुधि लण्डनका अध्यक्ष क्यारि नारायण बहादुर गुरुङ र उपाध्यक्ष कमला गुरुङका बाहुलीबाट गुरु दक्षिणा प्रदान गरेर कार्यक्रमको समापन गरिएको थियो ।