१५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या

१५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या


पाँचथरको हिलिहाङ–४, पञ्चमीमा एक किशोरीको घाँटी रेटेर हत्या भएको छ । १५ वर्षीया किशोरी शीतल योङहाङको आइतबार साँझ हत्या भएको प्रहरीले जनाएको हो ।

हत्या कसले र किन ग‍¥यो भन्ने अहिलेसम्म पनि खुल्न नसकेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय पाँचथरकाअनुसार शीतलको शव घाँटी काटेको अवस्थामा फेला परेको हो । किशोरीको शव सडकको मूनि फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाबारे छलफल भइरहेको जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट एक थान मोबाइल फोन फेला पारेको छ । शीतलको पोस्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको स्थानीयहरुले बताएका छन् ।