प्रथम माउण्टओलिभ कप अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा भ्यालिपब्लिक स्कुल च्याम्पियन बनेको छ । फाइनल खेलमा लुभुको भ्यालिपब्लिकले आयोजक माउण्टओलिभलाई २३–२५, २५–१८, २५–२० र २५–२० को सेटमा हराउदै च्याम्पियन बनेको हो ।
ललितपुरको सानागाउँस्थित आयोजक माउण्टओलिभको कार्टमा तेश्रो स्थानका लागि भएको खेलमा आयोजकको बीले लुभु माबिलाई २५–२०, २५–१८ र २५–२० को सेटमा हरायो । प्रतियोगिताको बिजेता टिमले १५ हजार, उपबिजेताले १० र तेश्रो हुनेले ५ हजार नगद प्राप्त गरे ।
प्रतिक्रिया