हिमतालमा बेपत्ता विद्यार्थीको शव नौ महिनापछि निकालियो

हिमतालमा बेपत्ता विद्यार्थीको शव नौ महिनापछि निकालियो


गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा नौ महीना अघी बेपत्ता भएका एक विद्यार्थीको शव भेटिएको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये सुनील बराइलीको शव बिहीबार भेटिएको हो ।

बराइलीको शव करीब ३५ फीट गहरिाइबाट निकालिएको हो । जसको लागि विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबारबाट खोजी कार्य सुरु गरेको थियो ।

खोजकर्ताले परिचालन गरेको रोबर्टले मात्र शव पहिचान गरी बाहीर निकाल्न सफल भएको हो । गत साउन १८ गते शैक्षिक भ्रमणमा गएका बेला पौडी खेल्नेक्रमममा बराइली साथीको उद्धार गर्न जादा आफैँ डुबेर बेपत्ता भएका थिए । उनी जिउमा लगाएको कपडासहित डुबेका थिए । सोही आधारमा उनको पहिचान गरीएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।

बेपत्तामध्ये १६ वर्षीय पेम्बा नुरु शेर्पाको शव गत साउनको २३ गते सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटेको थियो ।