लण्डन । नेपालका वरिष्ठ ख्यातिप्राप्त हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र नरेन्द्र कंसाकारसँग आज विहान ब्रेन्टफोर्डस्थित एक होटलमा नेपाल पत्रकार महासंघ यूके शाखाले भेटघाटको कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममा पत्रकार महासंघ यूके शाखाको तर्फबाट वरिष्ठ कलाकारहरुलाई सम्मान पनि व्यक्त गरेको छ ।
नयाँ वर्ष २०७१ को शुभ अवसरमा बेलायतका विभिन्न स्थानहरुमा कार्यक्रम गर्न वरिष्ठकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नरेन्द्र कंसाकार अस्ति बेलुकी लण्डन आइपुगेका थिए । कलाकारहरुलाई स्वागत गर्न आयोजक कूल आचार्य र बीरेन खड्का हिथ्रो विमानस्थलमा गएका थिए ।
मह यात्राको शीर्षक राखिएको यो कार्यक्रममा सहभागिता राख्नको लागि अर्की लोकप्रिय गायिक अन्जु पन्तको भिसा नलागेकोले उनी कलाकारहरुसँग एयरपोर्टमा देखापरेकी थिईनन् । जसले गर्दा यही अप्रिल २६ र २७ तारिख मा हुने कार्यक्रममा उनी सहभागी हुन नसक्ने बेहोरा आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
नेपालका समसामयिक अवस्थाको बारेमा चर्चा गरिनुका साथै महयात्राको बारेमा गहिरोसँग पत्रकार, कलाकार र आयोजकहरुबीच चर्चा गरिएको आज विहानको कार्यक्रम विहान शुरु भई दिउँसो सकिएको थियो ।


– Narendra Basnet
To view the entire album, please click here.
प्रतिक्रिया