तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टोकियो पारा ओलम्पिक गेम्सका लागि हुने अन्तर्राष्ट्रिय निर्णायक छनोट तथा तालिम शिविरमा सहभागी हुन मे २५ तारिख रुस जाने भएका छन् ।
कार्यक्रम मे २७ देखि २९ तारिखसम्म रुसको मस्कोमा हुँदै छ । शिविरका लागि नेपालबाट छनोटमा पर्ने अशोक एक्लो हुन् । शिविरमा विभिन्न राष्ट्रका तीन सय ५२ जानको सहभागिता रहनेछ । त्यसमध्ये उत्कृष्ट ५२ जनालाई पारा ओलम्पिकमा निर्णायकको भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ ।
अशोकलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया