पाइजाको अध्यक्षतामा प्रशिक्षक संघ गठन

पाइजाको अध्यक्षतामा प्रशिक्षक संघ गठन


राजनकुमार पाइजाको अध्यक्षतामा १३ सदस्यीय बाग्लुङ जिल्ला नेपाल खेलाडी तथा प्रशिक्षक संघ गठन गरिएको छ ।

उपाध्यक्षमा ध्रुव खड्का र विष्णु बोसेल, सचिवामा तार्जन मगर तथा कोषाध्यक्षमा रेखा बोहरा रहेको नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जनले जनाएका छन् ।

त्यस्तै सदस्यहरूमा महेन्द्र खड्का, सुष्मा बोहरा, राजन थापा मगर, कोपिल रोका मगर, मिलन रेग्मी, अनुप खड्का, सन्दिप पन्त र सुमित घर्ती मगर छन् ।