युरोपको बेलारुसको गामेज शहरमा सम्पन्न ११औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सरिता श्रेष्ठले दोहोरो रजत पदक जितेकी छिन् । सरिताले ६८ केजी र कातामा रजत पदक जितेकी हुन् । त्यस्तै उक्त प्रतियोगितामा दिनेश भण्डारी क्षेत्रीले कांस्य पदक जितेका थिए ।
नेपाल सितोरियो कराते संघका केन्द्रीय सदस्य रामकुमार थारूको नेतृत्वमा गएको टोलीमा तीनजना कराते खेलाडी सरिता श्रेष्ठ, दिनेश भण्डारी क्षेत्री र मानबहादुर गुरुङले सहभागिता जनाएका थिए ।
उक्त टोलीको टिम प्रशिक्षकमा गोविन्द दाहाल, रेफ्रीमा छोनाम लामा, ज्ञानबहादुर जिम्वा र गोपाल कटुवाल रहेका थिए ।
प्रतिक्रिया