आज हावाहुरीसहित बर्षाको सङ्केत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अधिकांश भू–भागमा आंशिक बदली रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले अपरान्हपछि हावाहुरीसहितको वर्षा हुने बताएको हो । देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि देशका पश्चिमी र मध्य भूभागमा आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।
साथै देशका पूर्वी भूभागका पहाडी क्षेत्रमा पनि आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया