चट्याङ लागेर घर जल्यो, आमा, छोरी र नातिनी घाइते

चट्याङ लागेर घर जल्यो, आमा, छोरी र नातिनी घाइते


म्याग्दीमा चट्याङ पर्दा एक घर जलेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेको काफलडाँडामा बुधबार अपराह्न साढे तीन बजे परेको चट्याङले स्थानीय दुधिमाया गर्बुजाको घर जलेर नष्ट भएको हो ।

खरले छाएको गर्बुजाको घरमा चट्याङ परेलगत्तै आगलागी भएको थियो । आगलागीबाट घरका सबै सामग्री जलेर नष्ट भएका छन् ।

चट्याङ लागेर दुधिमाया गर्बुजा, उनकी छोरी र नातिनी घाइते भएका छन् । चट्याङ लागेर घाइते बनेकी गर्बुजालाई राति नै उपचारका लागि बेनी अस्पताल लगिएको थियो भने सामान्य घाइते छोरी र नातिनीलाई राम्चे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले गाउँमै पुगेर उपचार गरेका थिए ।