वीरगञ्जमा हजार दरका नक्कली नोट बरामद, दुई जना पक्राउ

वीरगञ्जमा हजार दरका नक्कली नोट बरामद, दुई जना पक्राउ


प्रहरीले वीरगञ्ज (पर्सा)मा नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । १ लाख २३ हजार हजार रुपैयाँ दरका नक्कली नोट वीरगञ्ज-९ घण्टाघरबाट बरामद भएको हो ।

संकास्पदरूपमा दुई अपरिचित व्यक्ति पैदल हिंडिरहेको अवस्थामा प्रहरी टोलीले खानतलासी गर्दा भारत विहार पश्चिमी चम्पारण बेतिया भावल पञ्चायत बस्ने वर्ष ३० को क्यामुदिन मियाँको साथबाट नेपाली नक्कली एक हजार रुपैयाँदरका नोट १ थान र बाराको प्रसौनी गाउँपालिका-२ बस्ने वर्ष ४० की हलिमा खातुनको साथबाट एक हजार दरकै १ सय २२ थान बरामद भएको प्रहरीले जनाएको छ ।