नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारलाई ‘बाँदरको हातमा नरिवल’ भएको संज्ञा दिएका छन् । दार्चुलामा आयोजित तेस्रो जिल्ला अधिवेशन तथा जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो ठोकुवा गरेका हुन् ।
‘अहिलेको सरकार गणतन्त्रलाई संस्थागत गर्नेभन्दा पनि मास्ने कार्यमा लागेको छ ।’ उनले भने, ‘ यो सरकार ‘बाँदरको हातमा नरिवल’ भएको जस्तो भएको छ ।’ बहुमतको सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्दै उनले सरकार आफै घोर भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।
नेता पौडेलले जनताले ओली सरकारको विकल्प खोज्न थालिसकेको बताए । काँग्रेसका पालामा सुरु भएका हाल निर्माण सम्पन्न भएका योजनाहरुको रिबन काट्दै हिड्ने काम केपी ओली र उनका सरकारका मन्त्रीहरुले गरेको नेता पौडेलको भनाई थियो ।
प्रतिक्रिया