न्यु डायमन्ड एकेडेमीले दोस्रो चन्द्रागिरी उपमेयर कप विद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको छ । न्युडायमण्डले पारामाउन्ट स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि रक्षा गरेको हो ।
पहिलो र दोश्रो सेट २५–११, २५–१९ र २५–२१ को सोझो सेटमा हराउँदै डायमण्ड च्याम्पियन भएको हो । तेश्रो सेटमा ८–१५ को अवस्थाले पछिपरेको न्यु डायमण्ड रिया कुँवरको उत्कृष्ट स्पाईकबाट लगातार १३ अंक जोड्दै २१–१५ को अवस्थामा खेललाई फर्काएको थियो ।
उपाधिविजेता न्यू डायमन्डले ६० हजार र उपविजेता प्यारामाउण्टले ३० हजार नगद प्राप्त गरेका छन् । तेश्रो स्थानका लागि भएको खेलमा थ्री स्टार एकेडेमीले विजेश्वरी ज्ञान मन्दिरलाई २५–१९, २५–१९ र २५–१७ को सोझो सेटमा हरायो । थ्री स्टारले नगद १५ हजार प्राप्त गर्दा विजेश्वरीले १० हजार हात पा¥यो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिले भलिबल दिवसको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारका लागि विद्यालय स्तरिय खुल्ला छात्रा भलिबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उत्कृष्ट विद्यामा उपाधिविजेता टिम न्यु डायमण्डको वर्चश्व रह्यो ।
सर्वोकृष्ट खेलाडीको उपाधि न्यु डायमण्डकी रिया कुवँरले हात पारिन् । बेष्ट स्पाईकरमा न्युडायमण्डकी प्रेक्षा राई, सेटरमा न्युडायमण्डकी अनिषा सुनुवार, डिफेन्समा न्युडायमण्डकी एन्जिला प्रधान र ब्लकरमा न्यु्डायमण्डकी सोनी थपलिया र उत्कृष्ट सर्वेरको उपाधि पारामाउण्टकी अनिशा श्रेष्ठले जितिन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १–१ हजार प्राप्त गरेका थिए ।
प्रतिक्रिया