तेक्वान्दोमा दिलिप स्मृति च्याम्पियन

तेक्वान्दोमा दिलिप स्मृति च्याम्पियन


आयोजक दीलिप स्मृति प्रतिष्ठानले तेश्रो दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । प्रतिष्ठानले ८ स्वर्ण, २ रजत ४ कांस्य जितेर च्याम्पियन बनेको हो । ७ स्वर्ण, १ रजत र ५ कांस्यसाथ लैनचौर दोश्रो र तेश्रो स्थान रहेको ढल्कोले ३ स्वर्ण, २ रजत र ४ कांस्य हात पारेको थियो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा एनटीटीसीका पाल्डेन तामाङ तथा महिलामा आयोजककी अस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले समान १–१ हजार नगद पुरस्कार पाए । पोयोनियरले अनुशासित टिमको उपाधि हात पाऱ्यो भने बालाजु तेक्वान्दो डोजाङका सुरेश मानन्धर उत्कृष्ट प्रशिक्षक चुनिए ।