विप्लव नेकपाका सात कार्यकर्ता नरेफाँटबाट पक्राउ

विप्लव नेकपाका सात कार्यकर्ता नरेफाँटबाट पक्राउ


राजधानीमा एकपछि अर्को गरी विष्फोटका घटना घटेपछि सशंकित बनेको सरकारले सुरक्षा व्यवस्था चुस्त तुल्याउन प्रहरी परिचालनमा तदारुकता देखाएको छ । यसै क्रममा प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा आज (आइतबार) साँझ उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिएका हुन् ।

पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् भने उनीहरुका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, विष्फोटको घटनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेका अर्का एक घाइतेको साँझ मृत्यु भएको हो । यसअघि घटनास्थलमा दुई र अस्पतालमा एक गरी तीनजनाको मृत्यु भएको थियो ।

pic:rss