लगनखेल डोजोमा उपराष्ट्रपति चिल्ड्रेन कप कराते

लगनखेल डोजोमा उपराष्ट्रपति चिल्ड्रेन कप कराते


प्रदेश ३ मा आयोजित दोश्रो उपराष्ट्रपति चिल्ड्रेन कप कराते प्रतियोगिता ललितपुर जिल्ला लगनखेल डोजोमा जेठ १२ गते सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको उक्त प्रतियोगितामा महिला र पुरुष गरी ७२ जना खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको पुरुष ३० केजी तौल समूहमा भक्तपुरका राज भुलोनले स्वर्ण पदक जित्दा काठमाडौंका दिपेश तामाङले रजत र नुवाकोटका सुजन लामा अनि सिन्धुपाल्चोकका आगमन दुलालले काँश्य पदक जिते । त्यस्तै, ३५ केजीमा काठमाडौंका सहिल घले पहिलो, भक्तपुरका अभिषेक तामाङ दोस्रो, मकवानपुरका सुन्दर तामाङ र सिन्धुपाल्चोकका लक्ष्य तामाङ तेस्रा घोषित भए ।

यसैगरी ४० केजी तर्फ धादिङका मनोज श्रेष्ठ प्रथम, काठमाडांैका नवराज पुरी द्वित्तीय, ललितपुरका विशाल डंगोल र रामेछापका अंकित सुवेदी तृतीय भएका भए ।

पुरुष कातातर्फ धादिङका मनोज श्रेष्ठ प्रथम, काठमाडौंका साहिल घले द्वितीय र भक्तपुरका राज भुलोन तृतीय भए भने महिला ३० केजी समुहमा काठमाडौंकी अन्जिला राई प्रथम, नुवाकोटकी पुजा लामा द्वितीय ललितपुरकी डोल्मा प्राख्रिन र भक्तपुरकि किरण पाण्डे तृतीय भए । ३४ केजीमा काठमाडौंकी दिब्या गुरुङ प्रथम भक्तपुरकी शिरुषा भुजु द्वितीय, नुवाकोटकी प्रास्ना पण्डित र मकवानपुरकी स्नेहा पराजुली तृतीय भइन् । त्यस्तै, ३८ केजीमा काठमाडौकी अञ्जली महर्जन प्रथम, भक्तपुरकी राशिका राई द्वितीय, सिन्धुपाल्चोककी प्रमिला र चितवनकी ममता गुरुङ तृतीय भए भने महिला कातातर्फ काठमाडौंकी अञ्जली महर्जन प्रथम, काठमाडौकी अन्जिला राई द्वितीय र काठमाडौकै दिब्या गुरुङ तृतीय भइन् ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद पूर्वकोषाध्यक्ष, करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जनले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त प्रतियोगितामा सहभागी सम्पूर्ण रेफ्री, खेलाडी, टिमकोच र ब्यवस्थापकहरूलाई लगनखेल डोजोले खाजा र खाजाको व्यवस्था गरेको थियो ।

कार्यक्रममा लगनखेल डोजोका सचिव तथा प्रशिक्षक पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जनले खेलाडीहरूलाई सहयोग गर्ने अवसर दिनुभएकोमा आयोजक कमिटीलाई धन्यवाद ब्यक्त गरेका थिए । त्यस्तै कराते प्रमुख प्रशिक्षक शोभित प्रसाईले गुटबन्दी र लथालिङ्ग अवस्थामा रहेको कराते महासंघलाई जोगाउन र दुई चिरामा रहेको कराते महासंघलाई एउटै बनाउने अहम भुमिका निभएकोमा खेलाडी, प्रशिक्षक र रेफ्रीहरूले प्रशंसा गरेका थिए ।