प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीमा नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण कार्यक्रममा भाग लिन जेठ १६ गते बिहीबार नयाँदिल्ली जाने भएका छन् ।
भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई मोदीको प्रधानमन्त्री पदको शपथग्रहण समारोहमा सहभागी हुन निम्ता पठाएपछि प्रधानमन्त्री ओली सो समारोहमा सहभागिता जनाउन नयाँदिल्ली जान लागेका हुन् । पहिलो कार्यकालका लागि प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा मोदीले सार्कका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई निमन्त्रणा गरेका थिए ।
मोदीले जेठ १६ गते बिहीबार साँझ ७ बजे प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली मोदीको शपथग्रहणपछि हुने रात्रिभोजमा सहभागी हुनेछन् ।
शपथग्रहणको भोलिपल्ट जेठ १८ गते शुक्रबार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम तय भएको बुझिएको छ । प्रधानमन्त्री ओली द्विपक्षीय वार्तापछि शुक्रबारै स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया